Press Release – जातको प्रश्न
[cmsmasters_row][cmsmasters_column data_width=”1/1″][cmsmasters_text]
प्रेस विज्ञप्ति
नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ ।
नेपालको दलित आन्दोलनले समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागीताको मुद्दा लामो समयदेखि उठाउँदै आएको छ । प्राकृतिक विपद् र सङ्कटको समयमा सीमान्तकृत समुदाय नै सबैभन्दा धेरै प्रभावित हुने वर्षेनी आउने बाढीपहिरो, २०७२ को महाभूकम्प, कोभिड‑१९ र बन्दाबन्दीले पुष्टि गरेको छ । दलित समुदाय विरूद्ध हिंसा झनै बढेको समाचार विभिन्न सञ्चार माध्यममा दिनदिनै आइरहेका छन् । अन्तरजातीय प्रेम सम्बन्धका कारण रूकुम पश्चिममा चार जना दलितसहित ६ जना युवाको हत्या, रूपन्देहीमा १३ वर्षियाको बलात्कारपछि हत्या, खान नपाएर मलर सदाको मृत्यु, प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु केहि प्रतिनिधी घटना मात्रै हुन् ।
दलित तथा सीमान्तकृत समुदायले भोग्नुपरेको यिनै सामाजिक उत्पीडन र विभेद विरूद्ध नीतिगत बहस तथा पैरवी गरी सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले समता फाउण्डेशनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो । जातको प्रश्नले हरेक नेपालीको घरघरमा पिरोलिरहेको छ । तर यो विषयमा पर्याप्त र सिर्जनात्मक बहस हुनसकेको छैन । त्यसैले प्रत्येक घरघरमा जातको प्रश्नबारे संवाद होस् भन्ने उद्देश्यले यो टेलिभिजन कार्यक्रको निर्माण गरिएको हो ।
दलित समुदायले सामना गरिरहेको जातीय विभेद तथा छुवाछूतका घटना कार्यक्रम उत्पादन टोलीले गाउँ‑गाउँ पुगेर सङ्कलन गर्नेछ । त्यसको आधारमा जिम्मेवार निकाय र सरोकारवाला पक्षसँग कार्यक्रम सञ्चालक अभिनेता राजेश हमालले समाधानमुखी संवाद गर्नेछन् ।
वृत्तचित्र तथा टेलिभिजन कार्यक्रम निर्माणमा अनुभवी शान्ता नेपालीले कार्यक्रमको निर्देशन गर्दैछन् । कार्यक्रमका लागि अनुसन्धान र लेखन सञ्चारकर्मी विवेक रेग्मीले गरिरहेका छन् ।
कार्यक्रम जातको प्रश्न साउन १७ गतेदेखि प्रत्येक शनिबार साँझ ६:३० बजे र राति १० बजे कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुनेछ ।
समता फाउण्डेशन सामाजिक न्यायका लागि ज्ञान उत्पादन, नीतिगत बहस तथा पैरवीको क्षेत्रमा एक दशकदेखि क्रियाशील सामाजिक संस्था हो । नेपाली समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि संस्थाले थुप्रै अध्ययन अनुसन्धान गर्नुका साथै ५० भन्दा धेरै पुस्तक, नीतिपत्र प्रकाशन गरेको छ ।
धन्यवाद ।
प्रदिप परियार
कार्यकारी प्रमुख
समता फाउण्डेसन
| थप जानकारीका लागि वृद्धिका सेञ्च्युरी एसोसिएट कोअर्डिनेटेर, कम्युनिकेसन्स एन्ड आउटरिच ९८४३०५६२६५ bridhika.senchury@samatafoundation.org www.samatafoundation.org र समता फाउण्डेशनको फेसबुक, ट्विटर, इन्स्टाग्राम पनि हेर्न सक्नुहुनेछ । |
[/cmsmasters_text][/cmsmasters_column][/cmsmasters_row][cmsmasters_row data_shortcode_id="pbwamhuib" data_padding_bottom_mobile_v="0" data_padding_top_mobile_v="0" data_padding_bottom_mobile_h="0" data_padding_top_mobile_h="0" data_padding_bottom_tablet="0" data_padding_top_tablet="0" data_padding_bottom_laptop="0" data_padding_top_laptop="0" data_padding_bottom="50" data_padding_top="0" data_bg_parallax_ratio="0.5" data_bg_size="cover" data_bg_attachment="scroll" data_bg_repeat="no-repeat" data_bg_position="top center" data_color="default" data_bot_style="default" data_top_style="default" data_padding_right="3" data_padding_left="3" data_width="boxed"][cmsmasters_column data_width="1/4"][cmsmasters_button shortcode_id="89mnms5x47" button_type="regular" button_link="https://samatafoundation.org/new/wp-content/uploads/2020/10/%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A5%8D%E0%A4%A8_Press-Release.pdf" button_target="blank" button_text_align="center" button_font_weight="normal" button_font_style="normal" button_border_style="solid" animation_delay="0"]View Original [/cmsmasters_button][/cmsmasters_column][cmsmasters_column data_width="3/4"][/cmsmasters_column][/cmsmasters_row]
