नेपालमा मानवअधिकारको संरक्षण र प्रवर्द्धनको विषय चुनौतीपूर्ण छ । विशेषतः दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लंघनका घटनाहरू दिनहुँ घटिरहेका छन् । नेपालको संविधान तथा कानूनमा मानवअधिकारका सम्बन्धमा यथेष्ट मात्रामा व्यवस्था गरिएका छन् तर कार्यान्यवनको पक्ष फितलो छ । नेपाल पक्ष राष्ट्र भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सन्धी–सम्झौता तथा अनुबन्धहरूलाई नेपालले अनुमोदन गर्दै कार्यान्वयन गरिरहेको भए पनि सरकारले मानवअधिकारको पूर्ण प्रत्याभूती गर्न सकिरहेको छैन । समाजमा विद्यमान जातीय विभेद तथा छुवाछूत, लिङ्ग, क्षेत्र र भाषाका आधारमा हुने विभेद र छाउपडी प्रथाजस्ता प्रचलनहरू मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा बाधक तत्व हुन् । समाजमा प्रचलित सबै प्रकारका विभेद तथा असमानता हटाइ मानवअधिकारको सम्मान गर्नु राज्यको प्रमुख दायित्य हो । मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा सरकारलाई सहयोग गर्नु नागरिक समाजको कर्तव्य हो ।
यसै सन्दर्भमा, ‘दलितलगायत सीमान्तकृत समुदायको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन’ का लागि समता फाउण्डेशनले तीन दिने मानवअधिकार रक्षक तालिम सञ्चालन गर्ने भएको छ । मानवअधिकार सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सिकाइ हुने गरि विषयगत विज्ञहरूले प्रशिक्षण दिने सो तालिममा १८–३० वर्ष सम्मका दलित समुदायका महिला/पुरूषलाई सहभागी गराइनेछ । त्यसैले सो तालिममा सहभागी हुन इच्छुक सुदुरपश्चिम प्रदेशका दलित समुदायका युवाले तल उल्लिखित विवरण भरी २०७७ माघ ९ गतेभित्र आवेदन दिनहुन अनुरोध गरिन्छ । तालिममा सुदुरपश्चिम प्रदेशका सबै जिल्लाबाट एक जना पुरूष र एक जना महिलालाई सहभागी गराइनेछ ।
Google Form: https://docs.google.com/forms/d/1kG0VlSgk3sIePE_bCeHK2Lvynp3EmOjz3iylfb1NKS4