Samata Foundation_11th Anniversary_Press Brief

मिति: २०७७ भदौ २५ गते‚ बिहीबार

सञ्चारकर्मी मित्रहरू

समता फाउण्डेशनले स्थापनाको ११औं वर्ष पूरा गरेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं। सामाजिक न्यायका लागि वकालत र पैरवी गर्न ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता बुझेर सन् २००९ सेप्टेम्बर ११ मा संस्थाको स्थापना भएको हो। नेपालमा विद्यमान जातीय विभेद र छुवाछूतको अभ्यासले निम्त्याएको सीमान्तिकरण र बहिष्करण विरूद्ध आवाज उठाउन समता फाउण्डेशनले सरकार‚ राजनीतिक दल‚ समुदाय र सञ्चारमाध्यमसँग निरन्तर हातेमालो गर्दै आएको छ।

कोभिड १९ महाव्याधिले सारा विश्व प्रभावित छ। नेपालमा बन्दाबन्दी अझै जारी छ। दिनहुँजसो दलित तथा सीमान्कृत समुदाय विरूद्ध भइरहेका हिंसाले सामाजिक न्यायको सङ्घर्ष झनै महत्त्वपूर्ण र चुनौतीपूर्ण बन्दै गएको प्रष्ट छ। नेपालमा समावेशी‚ सहभागीतामूलक र उत्तरदायी समाजको परिकल्पनासहित सामाजिक न्यायको यात्रालाई अघि बढाउन समता फाउण्डेशन प्रतिबद्ध छ।

यो यात्रामा नेपाली सञ्चार माध्यम समता फाउण्डेशनको बलियो र विश्वासिलो साझेदार बनेको छ। यो सहकार्यका लागि हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। साथै यो सहकार्यले अझै निरन्तरता पाउने आशा पनि गरेको छु।

एघारौं वार्षिकोत्सवको अवसरमा महिला नेतृत्त्व र क्षमताको सम्मानमा समता फाउण्डेशनले “दलनविरूद्ध दलित महिलाको प्रतिरोध” शीर्षकमा अनलाइन छलफल आयोजना गर्दैछ। बहिष्कृत र सीमान्तकृत समुदायको सुरक्षा‚ विकास र सबै क्षेत्रमा समुचित प्रतिनिधित्त्व र सहभागिताकालागि दोश्री दर्जाको व्यवहार गरिएका भुइँतहका महिला नेतृत्त्वले यो कार्यक्रममा आफ्ना सङ्घर्ष‚ सफलता र सिकाइका कथा सुनाउने हुनेछ।

कार्यक्रममा सहभागी भइ समता फाउण्डेशनको ११औं वार्षिकोत्सवलाई अर्थपूर्ण बनाइदिन अनुरोध गर्दछु।

कार्यक्रमको विवरण

कार्यक्रम: दलन विरूद्ध दलित महिलको प्रतिरोध

मिति: २०७७ भदौ २६ गते‚ शुक्रबार

समय: साँझ ६ देखि ८ बजेसम्म

जूम रजिष्ट्रेसनका लागि: https://zoom.us/webinar/register/WN_8YBwzTSkSpqILVBNeh422w

धन्यवाद।

………………….

प्रदिप परियार

कार्यकारी अध्यक्ष