Overview
Author: Samata Foundation
Published: 2014
ISBN: 978-9937-8372-7-9
Language: Nepali
Edition: First
Pages: 238
यस पुस्तकमा दलित समुदायका सबै सभासद्को सङ्घर्षलाई रेखाङ्कन गरिएको छ । मूलतः संविधानसभाभित्र उनीहरूले विविध मुद्दामा खेल्नु पर्ने भूमिकालाई पनि यसमा नक्साङ्कन गरिएको छ । संविधान लेखनको क्रममा उठेका विभिन्न मुद्दामा उनीहरूबाट भिन्न–भिन्न विचार प्रकट भएका छन् । विभिन्न खालका राजनीतिक, आर्थिक र सांस्कृतिक पृष्ठभूमिका कारण उनीहरूका विचारमा भिन्नता हुनु अनौठो होइन । तर उनीहरूको लामो सङ्घर्ष भने समावेशी लोकतान्त्रिक संविधान निर्माणतिरै उन्मुख रहेकोमा कुनै शङ्का छैन । उनीहरूका सत्प्रयासले दलित–मैत्री शासकीय प्रणाली, राज्य पुनर्संरचना र निर्वाचन पद्धति निर्माणमा पनि टेवा पुग्ने आशा गर्न सकिन्छ ।
४० जना सभासद्को सङ्घर्षगाथा सङ्कलन गर्दै, उनीहरूका विविध विचारलाई पनि एकत्रित गर्दै लेखको संरचनामा ढाल्नु कम कठिन काम पक्कै होइन । यस्तो काममा हात हालेका युवा दलित लेखकहरूलाई धन्यवाद दिँदै उनीहरूको कलम अझै तिखारियोस् भन्ने शुभकामना दिन चाहन्छु । उनीहरूका रचनालाई सम्पादन गर्ने सम्पादकहरू पनि धन्यवादका पात्र हुन्, जसले किताबको खाका बनाउनेदेखि यो स्प–आकारमा यहाँहरूसमक्ष प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान दिएका छन् । यस किताब प्रकाशनको संयोजन गर्ने व्यवस्थापन निर्देशक उज्ज्वल सुन्दास र अन्य सबै समताकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु । साथै, अन्तर्वार्ताको क्रममा आफ्नो जीवन सङ्घर्ष र विचार अभिव्यक्त गर्दै यस पुस्तकको योजनालाई सार्थक पार्नु हुने सबै सभासद्प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





