
Overview
कर्नाली हाँस्दो छ
Author: Mimbahadur Pariyar
Published: 2079
ISBN: 978-9937-946964
Language: Nepali
Edition: First
Pages: 98
दलित साहित्यले कविताको विद्रोही चेतलाई दलनविरुद्ध लड्न एक महत्त्पूर्ण अस्त्रको रूपमा लिएको छ । दलितका समस्या, सपना र चाहानालाई कविता साहित्यले शक्तिशाली रूपले उठाउँदै आएको छ । कविताकै माध्यमबाट दलितका मुद्दा सडकदेखि सदनसम्म सुनिन थालेका छन् । निदाइरहेको राज्यसत्तालाई झक्झकाउने काम कवि र कविताले गरिरहेको छ ।
साहित्यिक विधामध्ये विश्वमा कविता धेरै लेखिएका छन् । नेपालको सन्दर्भमा पनि कविता अन्य साहित्यिक रचनाभन्दा धेरै लेखिएका छन् । अझ दलित साहित्यमा कविता बढी रचिएका छन् । त्यस्ता कविता साहित्यले दलितको पीडा पोख्ने काममात्र गरेका छैनन् । तिनले जात–व्यवस्थाले थोपरेको दलनको प्रतिरोध गर्दै सामाजिक न्याय र समानतामा आधारित समाज निर्माण गर्न बल पुर्याइरहेको छन् । समता फाउण्डेशनले यस्ता साहित्यको प्रकाशनलाई टेवा दिँदै आएको छ ।
दलितको यही प्रतिरोधी चेतनालाई कवि मिमबहादुर परियारले ’कर्नाली हाँस्दो छ’ कविता सङ्ग्रहमार्फत निरन्तरता दिएका छन् । राज्यबाट आजित कर्नाली, जात–व्यवस्थाबाट प्रताडित दलितको भावना हो ’कर्नाली हाँस्दो छ’ कविता सङ्ग्रह । वास्तवमा कर्नाली र दलितको अवस्था उस्तैउस्तै रहेको छ । कर्नालीमा दलितका पीडा, व्यथा र कर्नालीमा भएको प्रचुर सम्भावना उस्ताउस्तै छन् । तर राज्य सत्ता–शक्तिले यी दुबैलाई किनारमा राखेर विभेद गरिरहे । कर्नालीका दलित, सामन्तवादी जातवादी तत्त्वबाट पहिले पनि डराएका थिएनन् र अहिले पनि त्यस्तो प्रवृत्तिदेखि मौन बस्ने छैनन् । विद्रोहको बेगबाट, कला साहित्यको माध्यमबाट समाज परिवर्तन गर्न प्रयत्न गर्नेछन् ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





