
Overview
Author: Samata Foundation Published: 2017 ISBN:978-9937-9064-5-6 Language: Nepali Edition: First Pages: 88
नेपाली समाजको विविधता र जातीय तहगत संरचनाका कारण सबै भन्दा बढी उत्पीडनमा परेको दलित समुदायले देशमा भएका जुनसुकै परिवर्तनको लडाइँमा सधै प्रगतिशील पक्षमा साथ दिएको छ । २००७ सालको क्रान्ति, २०४६ को पञ्चायत विरोधी आन्दोलन, २०६२/०६३ को १९ दिने जनआन्दोलन मात्र होइन, २०५२ देखि २०६२ सम्म भएको माओवादी सशस्त्र जनविद्रोहमा पनि दलित जनसमाजले देखाएको सहभागिताले यो समुदाय सधैं समतामूलक परिवर्तनको पक्षमा रहेको प्रष्ट हुन्छ । यो समुदायले २००६ सालदेखि नै नेपालको परिवर्तनकामी राजनैतिक पार्टीहरूमा कुनै न कुनै रूपमा विश्वास गरी नेपाली समाजको कलङ्कको रूपमा रहेको जातीय छुवाछूत प्रथाको पूर्ण समाप्ती र समतामूलक सम्मानित जीवनको सपना बोकिआएको पनि करिब सात दशक बितिसकेको छ । थुप्रै राजनैतिक परिवर्तन भए तर दलित समुदायले भोग्न परिरहेको जातीय उत्पीडन कुनै न कुनै रूपमा ज्युँका त्युँ किन विद्यमान छन् । राजनीतिक पार्टीका शीर्षस्थ नेताहरूको दृष्टि किन राजनैतिक परिवर्तनमा मात्र सीमित रह्यो ? सामाजिक र सांस्कृतिक परिवर्तनतिर किन भएन ? अर्थात् देशको जनसङ्ख्याको १३ प्रतिशत भन्दा बढी दलित समुदायको स्थितिप्रति राजनैतिक नेतृत्वपङ्क्ति किन संवेदनशील देखिएन । त्यसको लेखाजोखा गर्ने समय आइसकेको छ ।
प्यूठान जिल्ला नेपालका थुप्रै राष्ट्रियस्तरका प्रगतिशील वाममन्थी नेताहरूको जन्म थलो हो । अझ प्यूठानको ओखरकोट त नेपाली वाम आन्दोलनको शीर्षस्थ नेताको जन्म स्थान हो । जहाँ सो गाउँका सबै दलित समुदाय राजनीतिक रूपमा उनकै अनुयायी छन् । समता फाउण्डेशनले वर्तमान अवस्थामा स्थापित नेतागणहरूका आफ्ना घर गाउँमा दलित समुदायको के कस्तो अवस्था छ, सो कुराको वस्तुगत खोज अनुसन्धान गरी प्रकाशन गर्ने लक्ष लिएको आधारमा पहिलो स्थान र पालो प्यूठानको ओखरकोट गाउँबाट थालनी गर्ने अठोट गरियो । यसरी नै हामी अन्य सबै शीर्षस्थ नेताहरूको जन्म र कर्म थलोमा भएका दलित जनसमाजको स्थितिको खोज अनुसन्धान क्रमशः गर्दैछौं ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





