
Overview
Author: Yambahadur Kisan
Published: 2015
ISBN: 978-9937-9064-9-4
Language: Nepali
Edition: Edited 2016
Pages: 294
समयसम्म परिवर्तनको लागि ’समावेशिता’ एक अपरिहार्य एजेण्डा भए तापनि यति लामो अवधिसम्म एक्लैले सबै सत्तासुख भोगिआएकाहरूको हातबाट झिकेर, यति लामो जरा गाडेर रहेको बहिष्करणको स्थितिबाट सजिलैसँग समावेशितामा अवतरण गराउन सजिलो छैन । यसमा ज्ञान र सूचनाको नितान्त खाँचो छ । यसको अभावमा प्रयत्नहरू अधुरै रहन सक्छन् । यो अधुरोपनाको दूरीले सम्बन्धित संस्थाहरू र नीति निर्माण गर्ने तह र तप्काको प्रयासलाई पछाडि पारिरहेको महसुस भैरहेको छ । समता फाउण्डेशनले काममा आधारित अध्ययन अनुसन्धानको आधारमा नयाँ पुस्ताका युवाहरूलाई सुसूचित गराउँदै नीति निर्माण तहमा पैरवी गर्ने र सीमान्तकृत समुदाय, खासगरी दलित समुदायका, समस्यासँग सम्बन्धित खोज अनुसन्धानको प्रकाशन र प्रदर्शनी गरेर यो अधुरोपनाको खाडल पुर्ने जमर्को गरिरहेको छ ।
समता फाउण्डेशनले दलित नागरिक समाजका अगुवाहरू, दलित समुदायका राजनैतिक नेताहरू, बुद्धिजीवी, बिद्यार्थी, पत्रकार तथा सबै सरोकारवाला माझ समसामयिक विषयमा छलफल कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा फाउण्डेशनले वार्षिक प्रवचन शृङ्खलाको सन् २०११ देखि सुरूवात गरेको छ । यस्तो प्रवचन शृङ्खलाको उद्देश्य दलित विषयको नीति, निर्माण सम्बन्धी नीतिहरूबारे प्राज्ञिक छलफलको अवसर सिर्जना गर्नु हो । ’समावेशिता’ सिद्धान्तबारे थुप्रै टिकाटिप्पणी र आलोचना भएका छन् । तर यससम्बन्धी थोरै प्रकाशन भएका छन् र प्राज्ञिक बहस धेरै कम भएको छ । त्यसैले अन्तर्राष्ट्रियरूपमा भएका ज्ञान र अनुभवलाई नेपाली बौद्धिक समुदायमाझ छलफल बढाउन समता फाउण्डेशनले केही अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थालनी गर्यो । यसै परिप्रेक्षमा सन् २०११ सेप्टेम्बर २२ र २३ मा विस्कन्सिन विद्वान्हरूलाई नेपालमा आमन्त्रण गरी वहाँहरूसँग बौद्धिक छलफल गराउने कामको विश्वविद्यालय अमेरिकाका प्रोफेसर मार्क ग्यालेण्टरद्वारा ’नेपालका लागि सकारात्मक विभेद नीतिको निर्माणः छनौट र समस्याको यात्रा’ (Designing Affirmative Action for NepalM A Tour of the choices and problems), सन् २०१२ को डिसेम्बर २०२ २१ मा जवाहरलाल नेहरू विश्वविद्यालय दिल्लीका प्रोफेसर गोपाल गुरूको “भारतमा सामाजिक न्यायको बाहकः नेपाली सकारात्मक उपाय नीति कार्यक्रमहरूमा (Carrier of Social Justice in IndiaM Implications of Affirmative Action Programs in Nepal), सन् २०१३ सेप्टेम्बर १३ र १४ मा दिल्ली विश्वविद्यालयको दिल्ली स्कुल अफ इकोनोमिक्स, अर्थशास्त्र विषयका प्रोफेसर आश्विनी देशपाण्डेको ’सकारात्मक नीति र निजी क्षेत्र’ (बाष्चmबतष्खभ ब्अतष्यल बलम एचष्खबतभ क्भअतयच) विषयक र सन् २०१४ सेप्टेम्बर २६ र २७ मा इन्दिरा गान्धी खुल्ला विश्वविद्यालयका उप–कुलपति प्रोफेसर महेन्द्र पी. लामाको ’उत्तरपूर्वी भारतमा सहज समावेशितामाः भारतीय गोर्खाहरूको प्रयोगबाट सिकेको पाठ’ -Unraveling Inclusiveness in North East IndiaM Lessons from the Experimentations of Indian Gorkhas_ शीर्षकमा वार्षिक छलफल कार्यक्रम सम्पन्न गरियो । पाँचौ वर्षमा समता फाउण्डेशनले नेपालमा भएको समावेशिताको अवस्थाको ज्ञानसम्बन्धी वृहत् छलफल गराउने र यसो हुँदा नीति सिद्धान्त, भारतीय अनुभव र नेपालको स्थितिको ज्ञानले एउटा सिङ्गो विषय बस्तुको सँगालो तयार हुने र सोको प्रकाशन गर्ने अठोट गरी नेपालमा दलित समुदायका तर्फबाट यसको ज्ञाता डा. यामबहादुर किसानलाई नेपालको विषयवस्तुबारे आग्रह गर्दा प्रवचन कार्यक्रम भन्दा पनि नेपालमा समावेशिता सम्बन्धी थोरैमात्र पुस्तकहरू उपलब्ध भएका र यसबारे त्यति धेरै बहस पैरवी नभएकाले बृहत् पुस्तक नै प्रकाशन गर्ने सल्लाह भयो र सो अनुसार नेपालमा सकारात्मक उपाय र सामाजिक समावेशीकरणः अवधारणा, अनुभव र उपादेयता’ नामक पुस्तक पाठक सामु ल्याएका छौं । माथि उल्लेख गरिएका नेपाल बाहिरका चारैजना विद्वानको प्रवचनको अलग अलग पुस्तक अङ्ग्रेजीमा र फेरि चारैजनाको प्रवचनलाई एकीकृत गरी एउटै पुस्तकको रूपमा “नेपालका लागि सकारात्मक बिभेद नीति–प्राज्ञिक बहस’ नेपालीमा प्रकाशित भएको छ । डा. यामबहादुर किसानको यो पुस्तक प्रकाशन पछि सकारात्मक उपाय नीतिबारे यस विषय वस्तुको सिङ्गो सँगालो बन्ने कुरामा हाम्रो ठम्याइ छ र यस विषयवस्तुको छलफलमा यस पुस्तकले थोरै भए पनि सहयोग पुयाउने कुरामा समता फाउण्डेशन विश्वस्त छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





