
Overview
नेपालमा जातीय भेदभाव तथा छुवाछूत अन्तरपुस्ता अनुभूमि र विश्लेषण
Author: Samata Foundation
Published:
ISBN: 978-9937-946971
Language: Nepali
Edition: First
Pages:
’नेपालमा जातीय भेदभाव तथा छुवाछूतः अन्तरपुस्ता अनुभूति र विश्लेषण’ पुस्तकले जातका आधारमा गरिने विभेद र छुवाछूत कसरी पुस्तान्तरण हुँदै गइरहेको छ भन्ने विषयमा तीनवटा पुस्ताले भोगेको जीवन अनुभवको माध्यमबाट विश्लेषण गर्ने प्रयत्न गरेको छ । त्यसका लागि जेनेरेशन थेउरीको आधारमा उत्तरदाताहरूलाई तीन उमेर समूहमा छुट्ट्याइएको छ, जसअन्तर्गत पहिलो उमेर समूह बेबी बुमर, दोस्रो पुस्ताको रूपमा जेनेरसन एक्स र तेस्रो उमेर समूहमा मिलिनियल रहेका छन् ।
पहिलो पुस्ताले तुलनात्मक रूपमा अन्य पुस्ताभन्दा धेरै विभेद भोगेको थियो । त्यस समयमा पापपुण्य, शुद्ध, अशुद्ध तथा स्वर्ग र नर्कमा आधारित विभिन्न पुरातन अभ्यासहरू हुन्थे । दलितहरूमाथि सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक आदि क्षेत्रमा दलितलाई बन्देज लगाएको थियो । दोस्रो पुस्ताले पनि विभेद भोगे, तर विद्रोह गर्नुपर्ने ठाउँमा सशक्त भूमिका निभाए । उनीहरू आफ्नो हक र अधिकार प्राप्त गर्नको निम्ति संगठित हुँदै आन्दोलनमा सक्रिय रहे । त्यसैगरी अध्ययनमा समेटिएको तेस्रो पुस्ता अन्य जाति समूहका युवाहरूसरह महत्त्वकांक्षा राख्छन् । विवाह, प्रेम र अन्य सम्बन्धमा अझै पनि जात प्रथाले प्रभाव पारेको महसुस गर्छन् ।
समग्रमा, पहिलो पुस्ताले बलशाली धार्मिक एवम् सामाजिक मूल्य–मान्यताका कारण जातीय विभेद तथा छुवाछूतको कठोर अवस्थाको सामना गर्नु पर्यो । दोस्रो पुस्ताको पालामा केही हदसम्म राजनैतिक तथा शैक्षिक चेतना आएको देखिन्छ । तेस्रो पुस्तासम्म आइपुग्दा राजनैतिक एवम् सामाजिक स्तरमा केही परिवर्तन देख्न सकिन्छ । दलितका पक्षमा राज्यद्वारा केही सकारात्मक प्रयत्नहरू गरिएको देखिन्छ ।त्यस्तै, जात–व्यवस्थाले सिर्जना गरेको मानवताविरोधी चिन्तनको विरूद्ध दलित तथा गैरदलित दुवैले हातेमालो गरिरहेको समेत देखिन्छ । यस्तो बद्लावको निम्ति नागरिक समाज, राज्यको नीति तथा कानुन र राज्यसत्ताको भूमिका सकारात्मक देखिन्छ । यसका साथै, सञ्चार, सहरीकरण, भूमण्डलीकरण आदिले समाज परिवर्तन गर्न भूमिका खेलेको छ । तैपनि, जातीय भेदभाव, छुवाछूतको भावना पुस्तान्तरण हुँदैगएको छ भन्ने नै हो । गैरदलित समुदाय खास गरी खस–आर्य समुदायका नयाँ पुस्तामा फरक ढंगले यसको प्रभाव परेको छ । उनीहरूमा भेदभाव, असमान व्यवहारको रूप फरक ढंगले देखा परेको छ । यो समस्यालाई बुझ्ने र प्रतिरोध गर्ने वा समाधानका उपाय अङ्गीकार गर्ने सवालमा दलित समुदायका नयाँ पुस्ता जागरूक नभै मौन या बेफिक्र रहेको देखिन्छ ।
समग्र समाजलाई नियालेर हेर्ने हो भने पनि धार्मिक मूल्य–मान्यता, जातवादी मानसिकता, दलितप्रतिको रूढिवादी धारणाजस्ता बाधक तत्त्वहरूले समाजलाई अझै पनि विभाजन गरिरहेको देख्न सकिन्छ । यसले परिवर्तनका संकेतहरूलाई ओझेलमा पारेको छ । त्यस्तै, मानिसमानिसबीच हुने विभेद, अपमानपूर्ण क्रियाकलापहरूको निर्मुल गर्न बाधा पुर्याएको छ । वर्तमान राज्यले विभिन्न नीति नियम, आरक्षण, समानुपातिक समावेशीका सवालहरू संस्थागत गर्दैआएको तर त्यसको कार्यान्वयन सही ढंगले नभइरहेको परिप्रेक्ष्यमा गरिएको यो अध्ययनले जातीय भेदभाव तथा छुवाछूतको पुस्तान्तरणको स्थितिलाई बुझ्न मद्दत गर्नेछ । साथै, यसको माध्यमबाट विभेदको गतिशीलता र व्यापकतालाई थप गहिर्यामा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 1
- Assessments Yes





