
Overview
Author: Samata Foundation
Published: 2013
ISBN: 978-9937-8372-4-8
Language: Nepali
Edition: First
Pages: 304
समतामूलक समाज निर्माण गर्न साहित्यले पथप्रदर्शकका रूपमा महत्वपूर्ण योगदान दिन सक्छ । तर नेपालमा दलितको कोणबाट हेर्दा साहित्य पथप्रदर्शक भएको देखिँदैन, न त दलितमुखी नै भएको पाइन्छ । कतिसम्म भने साहित्य र दलित आन्दोलनको सम्बन्ध उत्साहजनक रहेको छैन । सङ्ख्या, शिल्प र विचारको तहमा कमजोर अवस्थामा रहेको । दलित लेखनले साहित्यको व्यापकता पाउन सकेको छैन नै, सौन्दर्यशास्त्र निर्माणको त भेदभाव र छुवाछूतलाई खासै समस्या ठानेकै छैनन् । त्यसैले उनीहरूका लेखन पनि तहसम्म यात्रा तय गर्न त झनै सकेको छैन । अर्कोतिर आम रूपमा गैरदलित साहित्यकारले यस्ता सामाजिक–सांस्कृतिक समस्यातिर कम मात्रै केन्द्रित भएका छन् । यस्तै दोहोरो । चित्र दलित सौन्दर्य–बोध नामक यस पुस्तकको क्यानभासमा पनि चित्रित भएको छ । यस्तै चित्र बोकेर प्रकाशित भएको दलित सौन्दर्य–बोध पुस्तकले दायित्वबोधको बाटो । देखाउन खोजेको छ, दलित साहित्य र यसको सौन्दर्यशास्त्रको निर्माणको जिम्मा अब दलित लेखक र चिन्तकहरूमा आएको छ। यस्ता लेखक र चिन्तक जन्माउन–हुर्काउन सक्ने हदसम्मको सशक्त र सुविचारित दलित आन्दोलनको आवश्यकता भएको छ। त्यस्तो दलित आन्दोलन चाहिएको छ, जसले आफ्ना नीति र रणनीतिमा साहित्यिक लेखन र सांस्कृतिक चिन्तनलाई पनि ध्यान दिन्छ । त्यस्तो सङ्घर्ष चाहिएको छ, जसले दलितका श्रम, सीप, पौरख र कलासँग जोडिएका सङघर्ष र सृजनलाई टेवा दिने कामलाई पनि प्राथमिकतामा राख्छ। सङ्घर्ष र सृजनमा व्यक्त मूल्य–मान्यतालाई समृद्ध पार्नु र सौन्दर्यशास्त्रको रूपमा दलित मूल्यबोधलाई विकास गर्नु यतिखेरको माग हो ।
दलित साहित्य र सौन्दर्यबारे गैरदलित लेखक र चिन्तकहरूले थालेको बहसलाई पुस्तकको आकार दिने क्रममा हामीलाई अनुभूत भएको छः अब यस्तो मागलाई सम्बोधन गर्ने पालो दलित लेखक र चिन्तकहरूका कलमसामु आएको छ, यस्तो मागलाई सम्बोधन गर्न सहज पार्ने दायित्व दलित अभियन्ता र रूपान्तरणकारी शक्तिहरूको काँधमा आएको छ । यस्तो जिम्मेवारीको अनुभूति सबै सरोकारवालाको मनमस्तिष्कमा सञ्चार भएमा यस पुस्तकको प्रकाशन सार्थक हुनेछ अनि यसबारे विभिन्न वैचारिक खेमाका दलित र गैरदलित लेखन र प्रकाशनमा पनि मद्दत पुग्नेछ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





