Overview
Author: Samata Foundation
Published:
ISBN: 978-9937-187480
Language: Nepali
Edition: First
समता फाउण्डेशनले दलितको मानव अधिकारको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा सुनिश्चिततामा सहयोग पुर्याउने उद्देश्यले २०७७ सालदेखि दलित मानव अधिकार पुस्तक प्रकाशन गर्दै तथ्यमा आधारित नीति पैरवी गर्दै आइरहेको छ । दलित मानव अधिकारको सवालमा बहस पैरवी गर्दै राज्य संयन्त्रलाई उत्तरदायी बनाउन पुस्तक प्रकाशनले मद्दत पुर्याएको हामीले अनुभूति गरेका छौं । यस वर्षको पुस्तकमा समेत जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले औंल्याएको जातीय विभेदको प्रकृतिलाई आधार मानी पाँचवटा क्षेत्रमा वर्गीकरण गरिएको छ । यसकै आधारमा पुस्तकमा जातीय भेदभाव तथा छुवाछूतका कुल ६० वटा घटनाहरू संकलन गरी न्यायिक दुष्टिकोणबाट विश्लेषण गरिएको छ । साथै, जातको जरिया नखुलेका अन्य २५ वटा घटनाहरूलाई समेत पुस्तकमा समावेश गरिएको छ । पुस्तकको निष्कर्ष खण्डमा दलित मानव अधिकार सुनिश्चितताका निम्ति केही सुझावहरू दिइएको छ । पुस्तकमा संकलित यी घटनाहरू प्रतिनिधिमूलक भएतापनि घटनाहरूको प्रकृति तथा प्रवृत्तिले नेपालका दलित समुदायको मानव अधिकार गम्भीर रूपले हनन् भइरहेको पुष्टि गर्दछ । दलित मानव अधिकारको क्षेत्र बहुआयामिक छ । त्यसैले पुस्तकमा समेटिएका ६० वटा घटनाहरूले दलित समुदायको समग्र मानव अधिकारको अवस्थालाई चित्रित गर्दैन । आगामी वर्ष प्रकाशित हुने पुस्तकमा दलित मानव अधिकारको बृहत् सवाललाई समेटिने छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 1
- Assessments Yes





