Overview
Author: Samata Foundation
Published: 2081
ISBN: 978-9937-946964
Language: Nepali
Edition: First
Pages:
यस वर्ष अर्थात् २०८० सालको पुस्तकमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले औँल्याएको जातीय विभेदको प्रकृतिलाई आधार मानी पाँचवटा क्षेत्रमा वर्गीकरण गरिएको छ । सोहीअनुसार कुल ६० वटा घटनाहरू संकलित छन् र पुस्तकमा त्यसको न्यायिक दुष्टिकोणबाट विश्लेषण गरिएको छ ।
पक्कै पनि पुस्तकमा उल्लेखित जातका आधारमा भएका ६० वटा घटनाहरूले दलित समुदायको समग्र मानव अधिकारको अवस्थालाई उजागर गर्दैन । पुस्तकमा समेटिएका घटनाहरूको स्रोत सीमित हुनु, त्यस्ता प्रकृतिका घटनाहरू जातका आधारमा भएको हुनु र निव्र्योल गरिहाल्न कठिन भएकोले घटनाको संख्या कम देखिएको छ । अर्कोतर्फ, यो वर्षको पुस्तकमा जातीय छुवाछूतको जरिया नखुलेका बोक्सीको आरोप, बलात्कार, बलात्कारको प्रयास, हत्याजस्ता घटनाहरू राखिएको छैन । त्यसैले दलित मानव अधिकार हनन्का वहुआयामिक क्षेत्रमा थप काम गर्नुपर्छ भन्ने कुरा हामीलाई पनि महसुस भएको छ । आगामी वर्ष प्रकाशित हुने पुस्तकमा यसतर्फ प्रयत्न रहने समेत जानकारी गराउन चाहान्छु । साथ साथै, दलित समुदायको मानव अधिकारको संरक्षण, प्रवद्र्धन र परिपूर्ति गर्न राज्यले तदारुकता देखाउन जरुरी छ । संविधान एवम् कानुनले सुनिश्चित गरेका मानव–अधिकारको उपभोगको गर्न राज्यले आवश्यक पूर्वाधार तथा वातावरण तयार गर्नुपर्दछ । त्यस्तै, तीनै तहका सरकारले मानव अधिकार उल्लंघन गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याई पीडित व्यक्तिको न्याय सुनिश्चित गर्नुपर्दछ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





