
Overview
Author: Samata Foundation
Published: 2010
ISBN: 978-9937-8372-3-1
Language: Nepali
Edition: First
Pages: 291
समता फाउण्डेशनले राष्ट्रिय दलित आयोगले सूचिकृत गरेका दलित समुदायका २६ वटा प्रत्येक जातहरूको अध्ययन गर्ने उद्देश्य लिएको छ । २०७९ सालमा डोम समुदायसम्बन्धी अध्ययन गरी ’डोम समुदायको पहिचानः बदलिँदो जीवनशैली’ प्रकाशनमा ल्याएको छ । यसै सिलसिलामा अहिले तराई–मधेसका चमार समुदायसम्बन्धी अध्ययन गरेर ’चमार समुदायको पहिचान र अवस्था’ नामक पुस्तक प्रकाशन गरेको छ ।
नेपालका पहाडी दलितको तुलनामा मधेसी दलितहरूको अध्ययन निकै कमभएको देखिन्छ । वास्तवमा मधेसी दलितहरूमध्ये चमार समुदाय एक श्रम, शिल्प र सङ्घर्षको जीवनगाथा भएको समुदाय हो । चमार समुदायको उत्पत्तिको इतिहास, उनीहरूको विगत र वर्तमानको अवस्थाबारे गरिएको छलफल र बहसबाट निर्माण भएका विचार, दृष्टिकोणका आधारमा यो अध्ययनको सुरुवात भएको हो । त्यसैले, चमार समुदायको यस अध्ययनमा उनीहरूको इतिहास, पहिचान, सङ्घर्ष र वर्तमानको अवस्थाका बारेमा खोजी नीति गरिएको छ । खासगरी चमार समुदायको अवस्थामा आएको परिवर्तन, समाजमा सम्मानित जीवन जिउनको निम्ति उनीहरूद्वारा गरिएका सङ्घर्ष, समाज, राष्ट्रको लागि गरेका त्याग, बलिदानको वृत्तान्त यस पुस्तकमा अभिलेखीकरण गर्ने प्रयास गरिएको छ ।
चमार समुदायको यो अध्ययन पूर्ण अध्ययन हो भन्न नसकिएला, यसका कमि कमजोरी हुन सक्छन् । यसका केही सीमाहरू पनि रहेका छन् । यद्यपि, पो अध्ययने चमार सुमदायको जीवनको समग्र पाटोमा केही न केही जानकारी, सूचना दिने आशा गरिएको छ । विशेषगरीकन जातका आधारमा भएका छुवाछूत र विभेदको अवस्था, गरिबी र असमानाता, सामाजिक, सांस्कृतिक, राजनैतिक तथा शैक्षिक क्षेत्रमा भएका विभेद तथा बहिस्करणले कसरी चमार समुदायका जीवनमा प्रभाव पारिरहेको छ भन्ने सवाललाई यस अध्ययनले उजागर गर्ने कोसिस गरेको छ । समग्रमा, चमार समुदायका बहुआयामिक सवालमाथि थप खोजी नीति गर्न यस अध्ययनले ढोका खोल्ने विश्वास गरिन्छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





