
Overview
Author: Samata Foundation
Published: 2013
ISBN:978-9937-8372-6-2
Language: Nepali
Edition: First
Pages: 94
भारतलगायत दक्षिण एसियामा ४ हजार पटकभन्दा बेसी मञ्चन भइसकेको नाटक हो, ’कोर्ट मार्शल’ बीबीसीले समेत भारतका दश सर्वोत्कृष्ट नाटकमा समावेश गरेको ’कोर्ट मार्शल’का लेखक हुन् स्वदेश दीपक । प्रख्यात लेखक स्वदेश दीपकको चर्चित रचना ’कोर्ट मार्शल’को मुख्य विशेषता हो, सत्य उजागर गर्ने हुटहुटी र तार्किक खोज ।
’कोर्ट मार्शल’ नाटकमा सेनाभित्र दलित जवानहरूप्रति ठूला हाकिमहरूले गर्ने जातीय उत्पीडन र भेदभावलाई उप्काइएको छ, दलित विमर्शको अत्युक्तिबिना नै । यसरी उप्काइको क्रममै वर्णव्यवस्था र त्यसले जन्माएको दरिद्र मानसिकता पनि नाङ्गिन थाल्छन् । यस अर्थमा यस नाटकले दलित आन्दोलनलाई टेवा दिएको छ र सेनाभित्रको पुरानो संरचना र संस्कृतिलाई फेर्न पनि झक्झक्याएको छ ।
एक्टर्स स्टुडियोले भिलेज थिएटर, काठमाडौँमा ’कोर्ट मार्शल’ नाटक मञ्चन गर्न थालेपछि हामीले त्यसको नेपाली नाट्य स्पान्तरणलाई पुस्तकको आकार दिएका छौं । हिन्दी भाषामा लेखिएको यस नाटकलाई निर्देशक अनुप बरालले नेपाली वस्तुस्थितिअनुसार सुन्दर ढङ्गले भाव अनुवाद गरेका हुन् । त्यसको भाषा सम्पादन तथा प्रकाशन संयोजन लेखक–सम्पादक राजेन्द्र महर्जनले गरेका छन् । बराल र महर्जनसँगै सबै कलाकार र व्यवस्थापक धन्यवादका पात्र हुन् ।
यसको प्रकाशनका लागि सघाउने आनन्दस्वरुप वर्मा, नरेश ज्ञवाली, जीवेश रायमाझी, देव न्यौपाने, सुशील पाण्डेलाई पनि धन्यवाद दिन चाहन्छौं । नेपाली भाषामा प्रकाशनका लागि हार्दिकताका साथ अनुमति प्रदान गर्ने सुकान्त दीपकप्रति कृतज्ञता व्यक्त गर्दछौं । लेखक स्वदेश दीपकका पुत्र सुकान्त दीपकको सद्भावबिना यसको प्रकाशन सम्भव थिएन । यस नाटकको मञ्चन र प्रकाशनले दलितमाथि जारी उत्पीडनबारे नयाँ खालको बहस सिर्जना भएमा प्रकाशनको उद्देश्य सफल हुनेछ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





