कारागारमा दलित – दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण
Overview
Author: Samata Foundation
Published: 2021
ISBN: 978-9937-946-919
Language: Nepali
Edition: First
Pages: 290
समता फाउण्डेशनले आफ्नो स्थापनाकालदेखि दलित तथा सीमान्तकृत समुदायको हक अधिकारका निम्ति नीतिगत रूपमा खोज अनुसन्धान गर्नुका साथै ती समुदायबारे बहस, छलफल र पैरवी गर्दै आइरहेको छ । फाउण्डेशनका अध्ययन–अनुसन्धानमा आधारित ६० भन्दा बढी पुस्तक रहेका छन् । कारागारमा दलितः दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण’ पुस्तक त्यसैको निरन्तरता हो । अपराधशास्त्रको अध्ययन व्यापक विषय हो । यसबारे संसारभरि धेरै अध्ययन भएका छन् । नेपालमा पनि अपराधसम्बन्धी खोज–अनुसन्धान भएको देख्न सकिन्छ । वास्तवमा कुनै पनि व्यक्ति जन्मदै अपराधी हुँदैन । अपराध मुख्य गरी प्रतिकूल सामाजिक, आर्थिक, सांस्कृतिक र पारिवारिक अवस्थाको परिणामले हुने गरेको पाइन्छ । अपराधका कारणहरू जटिल र एक आपसमा अन्तरसम्बन्धित हुन्छन् । त्यसैले अपराधसम्बन्धी गहिराईमा बुझ्न त्यसको जरासम्म पुग्न जरुरी हुन्छ । विशेष गरी अपराध कर्ममा संलग्न भएकाहरूको जातिगत अवस्थाबारे अन्य देशहरूमा अध्ययन भएको देखिन्छ । तर नेपालमा भने यस्तो प्रकारको अध्ययन भएको छैन । कारागारमा दलित पुस्तकले यसका बारेमा खोजी निति गर्ने प्रयत्न गरेको छ । अर्कोतिर, उपल्लो जात भनिएका कतिपय व्यक्तिको मानसिकतामा दलित समुदायका व्यक्तिहरू स्वभावले नै अपराधी हुन्छन् भन्ने भाष्य अझै मेटिन सकेको छैन । त्यसैले दलित समुदायका व्यक्तिहरू न्याय प्रणालीमा पूर्वाग्रहको सिकार हुने गरेका छन् । यस्तो मनस्थितिले गर्दा अन्तरजातीय प्रेम तथा विवाह गर्दा, धार्मिक संस्कारमा तथा सामाजिक क्रियाकलापमा संलग्न हुँदा दलित समुदायका व्यक्तिलाई अपराधी करार गर्ने, फसाउने जस्ता घटनाहरू देखिएका छन् ।
यस अध्ययनमा प्रस्तुत गरिएका तथ्यहरूले कारागारमा रहेका दलित समुदायको अवस्था उजागर गरेको छ । प्रतिशतका आधारमा हेर्दा कुल कैदी, थुनुवामध्ये दलित समुदायको १८.१ प्रतिशत रहेको छ, जसमा दलित महिलाको संलग्नता कम रहेको देखिन्छ । त्यस्तै, ५० प्रकृतिका विभिन्न अपराधमा दलित समुदायको संलग्नता रहेको पाइएको छ । अपराधमा संलग्न व्यक्तिको संख्या १८ प्रतिशतभन्दा धेरै हुनु भनेको उनीहरूको जनसंख्याको अनुपातमा ठूलो संख्या हो । त्यस कारण दलित समुदायको कुल जनसंख्याको दाँजोमा धेरै संख्या आपराधिक कार्यमा संलग्नता हुनु दलितप्रति गरिएको संरचनागत विभेद एक कारक तत्त्व हो भन्ने बुझ्न कठिन हुँदैन । त्यस्तै, जबर्जस्ती करणीमा सजाय पाएका दलित समुदायका कैदीबन्दीको संख्या अत्यधिक देखिनुले संरचनात्मक विभेदको संकेत गर्दछ । अन्तरजातीय विवाह गरेका दलित युवाहरूलाई जबर्जस्ती करणीको आरोप लगाएकै कारण यो संख्या बढ्न गएको अध्ययनमा पाइएको छ ।
समता फाउण्डेशनले गरेको यस किसिमको अध्ययनले अपराधसँग सम्बन्धित यसका बहुआयामिक सवाललाई निश्चय पनि उठाउन सकेको छैन । तर अपराध र कारागारमा रहेका दलित कैदीबन्दीबारे यो अध्ययनले सोधखोज गर्ने जुन जमर्को गरेको छ, यो बिलकुलै नवीन कार्य हो । यसले भविष्यमा गरिने यस प्रकारका खोज अध्ययनलाई सहयोग पुयाउने विश्वास लिएको छु । आगामी दिनमा पनि समता फाउण्डेशनले यस्ता फरक विषयको अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राख्ने छ । अझ यस्तो अध्ययन निश्चित समुदाय र भूगोलमा गर्न सकिएमा जातका आधारमा हुने अपराधीकरणलाई न्यूनीकरण गर्न सकिने विश्वास लिइएको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language Nepali
- Students 0
- Assessments Yes
Course Enquiry
You May Like
दलित मानव-अधिकार पुस्तक २०८१
दलित मानव–अधिकार पुस्तक २०८१ Author: Samata Foundation Published: 2082 ISBN: 978-9937-187480 Language: Nepali Edition: First Pages: 120 समता फाउण्डेशनले दलितको मानव अधिकारको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा सुनिश्चिततामा सहयोग पुर्याउने...
कारागारमा दलित – दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण
कारागारमा दलित – दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण Author: Samata Foundation Published: 2082 ISBN: 978-9937-185530 Language: Nepali Edition: First Pages: 159 समता फाउण्डेशनले आफ्नो स्थापनाकालदेखि दलित तथा सीमान्तकृत...
दलित मानव-अधिकार पुस्तक २०८०
दलित मानव–अधिकार पुस्तक २०८० Author: Samata Foundation Published: 2081 ISBN: 978-9937-946964 Language: Nepali Edition: First Pages: 101 यस वर्ष अर्थात् २०८० सालको पुस्तकमा जातीय तथा अन्य सामाजिक छुवाछूत र...
कर्नाली हाँस्दो छ
कर्नाली हाँस्दो छ Author: Mimbahadur Pariyar Published: 2079 ISBN: 978-9937-946964 Language: Nepali Edition: First Pages: 98 दलित साहित्यले कविताको विद्रोही चेतलाई दलनविरुद्ध लड्न एक महत्त्पूर्ण अस्त्रको रूपमा लिएको छ...
दलित मानव-अधिकार पुस्तक २०७९
Author: Samata Foundation Published: 2080 ISBN: 978-9937-946988 Language: Nepali Edition: First जातीय भेदभाव तथा छुवाछूत सिङ्गो राष्ट्रको समस्या हो । धार्मिक तथा सामाजिक...






