
Overview
Author: Rambabu Subedhi
Published: 2017
ISBN: 978-9937-9064-6-3
Language: Nepali
Edition: First
Pages: 152
नेपाली समाजको परम्परागत सौन्दर्य चिन्तन श्रम र निर्माणको प्रतीक फलामभन्दा शृङ्गार र आडम्बरका पर्याय सुन र चाँदी, हीरा, मोतीप्रति पक्षपोषित छ । श्रम र सीपका पौरखी श्रमजीवी जनताभन्दा श्रमको शोषण गर्ने, आफू फिटिक्कै केही नगर्ने सामन्त ठालुको समाजमा दबदबा र सम्मान छ । हजारौं वर्षदेखि जन्म र जातको आधारमा विभाजित समाजको यस कुरूप परम्परालाई अढाइ तीनसय वर्षदेखिको शासन पद्धतिले थप मलजल गरेर देशलाई अधोगतिमा पुर्याउने कारक तत्त्वप्रति खबरदारी गर्ने र आम मेहनतकस श्रमजीवी जनसमुदायलाई आफ्नो श्रम र सीपप्रति स्वाभिमानी बन्न र आफ्नो हक अधिकारप्रति सचेत हुन बेलाबेलामा साहित्यकारहरूबाट प्रयासहरू नभएका होइनन् ।
त्यसरी नै नेपाली समाजमा कोढको रूपमा रहेको जातीय छुवाछूत र भेदभावले समाजको सबैभन्दा पीँधमा रहेका श्रमजीवी समुदायको कहालीलाग्दो अवस्थाबाट उन्मुक्तिको खाँतिर जनपक्षीय साहित्यकारहरूबाट थोरबहुत कलम नचलाइएको पनि होइन । २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि बहुदलीय शासनव्यवस्थाको सुखानुभूति गर्न नपाउँदै २०१७ सालदेखि २०४६ सालसम्म एकलौटि पञ्चायती व्यवस्था लादेर जुनखालको परिवर्तन गर्न खोजियो त्यसमा फेरि पनि श्रमजीवी जनसमुदायको स्थितिमा खासै परिवर्तन आउन सकेन र त्यसको पीडाबोध जनपक्षीय साहित्यकारलाई बढी महसूस हुनु स्वाभाविक नै हो । त्यसैको फलस्वरूप कमिनी आमा कविता सङ्ग्रहको जन्म भएको हो । यस कविता सङ्ग्रहमा समाविष्ट कविताहरू समाज परिवर्तनका लागि जति महत्त्वपूर्ण छन्, त्यतिनै समाजमा सबैभन्दा तल्लो दर्जामा किटान गरिएका श्रमजीवी जनसमुदायका लागि उत्प्रेरक पनि छन् ।
राजनैतिक अवस्थाको साह्रै प्रतिकूल अवधि २०३९ सालमा प्रथम पटक प्रकाशित र २०६७ सालमा दोस्रो संस्करणको रूपमा प्रकाशित भएको यस कविता सङ्ग्रहको आज पनि त्यत्तिकै महत्त्व र पठनीय भएकाले समता फाउण्डेशनले तेस्रो संस्करणका रूपमा कमिनी आमा कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरेको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





