
Overview
Author: Unmukta Pusta
Published: 2016
ISBN: 978-9937-9064-3-2
Language: Nepali
Edition: First
Pages: 99
उन्मुक्त पुस्ता जातीय, वर्गीय, क्षेत्रीय र अन्य कुनै पनि प्रकारको विभेदविरूद्ध सक्रिय छ, रहने छ । लेखनका माध्यमबाट विभेदविरूद्ध बोल्नु मात्र नभई ती आवाजलाई बस्ती–बस्तीमा पुर्याउनु नि उत्तिकै महत्त्वपूर्ण हुन्छ । क्षेत्र, वर्ग र लिङ्गका आधारमा पुस्तौंदेखि भइरहेको शोषण र दमनविरूद्ध उन्मुक्त पुस्ताले काव्य सिर्जना गरिरहेको छ । ती सिर्जनाका स्वरलाई ’पोस्टर कविता अभियान’ मार्फत जनतासम्म पुर्याएपछि राजधानी र वरपर एउटा आन्दोलनको माहोल नै खडा भयो । संविधान घोषणा हुनुभन्दा अगाडिका ४२ दिन उन्मुक्त पुस्ता अनवरतरूपमा विभेदविरूद्ध सडकमा रह्यो । संविधानमा जनताका आधारभूत अधिकार सुनिश्चित गराउन दबाबमूलक आन्दोलन थियो, पोस्टर कविता अभियान ।
पोस्टर कवितापछि पनि उन्मुक्त पुस्ता सतहमा देखिएका अनेकखाले विभेदविरूद्धको आन्दोलनमा निरन्तर सक्रिय छ । ’आफर’ अर्थात आरन पनि उन्मुक्त पुस्ताको आन्दोलनकै निरन्तरताको कडी हो । यो सङ्ग्रहमा उन्मुक्त पुस्ताका आठजना कविका ३३ वटा कविता सङ्गृहीत छन् । यी कविताले जनतासँग संवाद गर्छन् । विभेदविरूद्ध एकजुट हुन आह्वान गर्छन् । राजनीतिक बेइमानीका विरूद्ध खबरदारी गर्छन् । सामाजिक कुप्रथामाथि हस्तक्षेप गर्छन् । र, एउटा समतामूलक समाज निर्माणका पक्षमा लाग्न उत्प्रेरित गर्छन् ।
नेपाली साहित्यको इतिहासमा दलित सौन्दर्यशास्त्रमा आधारित भएर केही न केही त अवश्य लेखिएको छ । तर, सङ्गठित रूपमा लेख्न नसक्दा तिनले समाजमा हस्तक्षेपकारी भूमिका खेल्न नसकेको यथार्थ हाम्रो सामु खडा छ । आफरमार्फत उन्मुक्त पुस्ताले विभेदविरूद्ध सङ्गठित लेखन आरम्भ गरेको छ यसले अवश्य पनि परम्परागत लेखनविरूद्ध एकखाले हस्तक्षेप गर्नेछ ।
आफरमा समेटिएका कविता पुरातन लेखन शैली र विम्बबाट मुक्त मात्र छैनन् कि त्यसमाथि निर्मम प्रहार पनि गर्छन् । यस सङ्ग्रहमा समाविष्ट कविताहरू दलित सौन्दर्यशास्त्रलाई मात्र नभएर समग्र नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याउन सहयोगी हुनेछन् भन्नेमा हाम्रो दृढ विश्वास छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





