Overview
Author: Laxman Darnal
Published: 2017
ISBN:978-9937-9064-7-0
Language: Nepali
Edition: First
Pages: 263
दलित समुदायको राज्यको सबै अङ्ग, निकाय, क्षेत्र, राजनीतिक प्रतिनिधित्वमा समेत समानुपातिकका अतिरिक्त क्षतिपूर्तिस्वरूप सङ्घ, प्रदेश र स्थानीयस्तरमा समेत ३, ५ र ७ प्रतिशत थप उपलब्धी थियो तर विडम्बना– यी सबै उपलब्धि संविधानसभा विघटनसँगै अन्योलमा परे । २०७० सालमा फेरि संविधानसभाको निर्वाचन भयो । निर्वाचन परिणाम पहिलो चुनाव भन्दा ठ्याक्कै विपरीत राजनीतिक विचारधाराको पक्षमा गयो । दलित समुदायबाट प्रतिनिधित्व गर्ने सभासद्को सङ्ख्या एकाएक ४० मा झर्यो । प्रत्यक्ष निर्वाचनमा यसपटक २ जनाले मात्र विजयी हुन पाए । दलित जनसमुदायको उत्साह र उमङ्ग एकाएक खस्कन गयो । पहिलो संविधानसभामा सहमत भएका सबै प्रावधान हुबहु दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गर्ने त भनियो तर परम्परागत सोचलाई निरन्तरता दिने शक्तिको बढोत्तरीले दलित समुदायमा संशय उत्पन्न हुनु अस्वाभिक थिएन । सबै राजनीतिक पार्टीका भात्री सङ्गठन, सबै पार्टीका सभासद्, सबै पार्टीका दलित समुदायका शीर्षस्थ नेता र विभिन्न खेमामा विभक्त दलित नागरिक समाज पनि पहिलो संविधानसभाबाट सर्वसम्मत प्रावधानहरूलाई बचाएर कसरी नयाँ संविधानमा समावेश गराउने भन्ने विषयमा चिन्तित थिए । उक्त चारवटै क्षेत्रमा आफ्नै ढङ्गले क्रियाशील त थिए नै तर उनीहरूको एकला एक्लैको प्रयत्नले खासै प्रभाव पर्ने छाट देखिएको थिएन तर जब दोस्रो संविधानसभाभित्र जनताका पक्षमा देखिएका प्रावधानहरू क्रमशः ओझेलमा पर्न थाले र प्राप्त अधिकारहरू खोसिनेगरी मसौदाहरू बाहिर आएपछि, के सत्तापक्ष, के विपक्ष, के बहिष्कारवादी सबै दलित समुदायका सचेत नागरिक साझा आन्दोलन, साझा पहलमा क्रमशः एकजुट हुनथाले । निर्णायक समयमा राजनीतिक पार्टीमा नेतृत्वमा रहेका दलित समुदायका नेतागण, संविधानसभामा रहेका सबै सभासद्हरूको एउटै मञ्च, राजनैतिक भात्री सङ्गठनका संयुक्त सङ्घर्ष समिति र दलित नागरिक समाजको ’राष्ट्रिय दलित आन्दोलन’ एउटै ब्यानर बन्यो जो नेपालको दलित आन्दोलनको इतिहासमा एउटा गौरवपूर्ण गाथाको रूपमा सुनौला अक्षरले लेखिने छ । अन्तिम अवस्थामा जे जस्ता परिघटना भए, जो बाध्यता संविधान प्राप्तिका लागि भोग्नु पर्यो त्यसको तितो अनुभव हामी सबैलाई छ तथापि यो संयुक्त आन्दोलनले प्राप्त गरेको उपलब्धि, सबैको सतप्रयास र आन्दोलनका स्वरूपलाई ऐतिहासिक दस्तावेजका रूपमा जनमानसमा पुर्याउन हामी सबैको प्रयास रह्यो । ती प्रयासहरूलाई दस्तावेजीकरण पत्रकार एवम आन्दोलनका सहयोद्धा लक्ष्मण दर्नालले प्रकाशित गरेको पुस्तक ’संविधानसभामा दलित मुद्दा लाई फेरि पनि परिस्कृत गरी समता फाउण्डेशनले प्रकाशित गर्ने जमर्को गरेको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





