
Overview
Author: Samata Foundation
Published: 2022/2079
ISBN: 978-9937-9469-2-6
Language: Nepali
Edition: First
Pages: 154
दलितहरूमाथि जातका आधारमा भेदभाव तथा छुवाछूत, हत्या, बलात्कार, कुटपिट, अपमान, तिरस्कार, बहिष्करण, अलगपना, निषेध लगायतका कार्य लोकतान्त्रिक गणतन्त्रमा पनि जारी छन् । सहर बजारमा, त्यसमा पनि सङ्घीय राजधानी काठमाण्डौं मै दलित समुदायका व्यक्तिलाई घर भाडामा दिन इन्कार गरिने क्रम रोकिएको छैन । अन्तरजातीय विवाह गरेको कारण धेरै व्यक्तिको हत्या गरिएको छ । कतिपय वैवाहिक दम्पति र निजका परिवारले समेत सामाजिक बहिष्करणको सास्ती भोग्नुपरेको छ ।
यस पुस्तकमा २०७८ सालमा जातका आधारमा दलित समुदायले भोगेका हिंसा तथा विभेदका घटनाको न्यायिक दृष्टिकोणबाट विश्लेषण गरिएको छ । पुस्तकमा दलित समुदाय विरुद्ध भएका घटनाका सम्बन्धमा राज्यका सम्बन्धित निकायले जिम्मेवारी बहन गर्ने क्रममा देखाएको चासो र सक्रियताको अवस्थालाई चित्रण गर्ने जमर्को गरिएको छ ।
समग्रमा, यस पुस्तकले दलित समुदाय विरुद्ध भएका घटनाको तथ्याङ्क, न्यायिक प्रक्रियाका साथै न्याय प्रत्याभूतिको अवस्थाका सम्बन्धमा खाका प्रस्तुत गरेको छ । यो पुस्तक दलित मानव–अधिकारका क्षेत्रमा क्रियाशील सबै पक्षलाई नीतिगत वकालतका सन्दर्भमा बलियो दस्तावेज हुने आशा लिएको छु । त्यस्तै, पुस्तकबाट समग्र दलित समुदाय लाभान्वित हुने र दलित आन्दोलनलाई समेत तथ्यमा आधारित बहस गर्न थप ऊर्जा प्राप्त हुने अपेक्षा गरेको छु । यसको अर्थ सिङ्गो नेपाली समाजको लोकतन्त्रीकरणमा यसले टेवा पुर्याउने आस गरेको छु ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language Nepali
- Students 1
- Assessments Yes





