
Overview
Author: Samata Foundation
Published: 2020
ISBN: 978-9937-946-902
Language: Nepali
Edition: First
Pages: 130
समता फाउण्डेशनले दलित समुदायका २६ वटा जातहरूको अध्ययन– अनुसन्धान गरी रहेको छ । यसै अनुरूप तराई–मधेसका डोम समुदाय र चमार समुदायसम्बन्धी अध्ययन गरी २०७९ सालमा ’डोम समुदायको पहिचानः बदलिँदो जीवनशैली’ र २०७६ सालमा ’चमार समुदायको पहिचान र अवस्था’ विषयक पुस्तक प्रकाशन गरेको छ । दलित समुदायबारे खोजबिनको कार्यलाई निरन्तरता दिँदै अहिले गन्धर्व समुदायको अध्ययन गरी ’गन्धर्व समुदायको पहिचान र अवस्था’ पुस्तक प्रकाशन गरेको छ ।
पहाडी दलितअन्तर्गत पर्ने गन्धर्व समुदाय नेपाली लोकसङ्गीत र साहित्य परम्पराका धरोहर हुन् । उनीहरूले लोक इतिहासको जर्गेना गर्ने काममा आफ्नो सपूर्ण जीवन समर्पण गर्दै आए । त्यसैगरी गन्धर्वहरूले विभिन्न घटनासम्बन्धी गीत सङ्गीत सृजना गरी त्यसको माध्यमले अरुलाई सूचित गर्ने कार्य गर्दै आएका थिए । त्यसैले उनीहरू नेपालका प्रथम सञ्चारकर्मी समेत हुन् ।
नेपाली राज्य निर्माणको क्रममा गीत सङ्गीतका माध्यमले जनमानसमा उत्साह जगाउने, सिपाहीको मनोबल बढाउनेदेखि विभिन्न भू–भागहरू डुली गोप्य सूचना सङ्कलन गरी तत्काली राज्य विस्तारमा योगदान गरेका थिए । तर पनि गन्धर्व समुदायप्रति राज्यको ध्यान जान सकेको छैन । उनीहरूको आर्थिक, सामाजिक, राजनैतिक लगायत अन्य अवस्थामा खासै परिवर्तन हुन सकेको छैन, जुन कुरा यस अध्ययनले समेत देखाएको छ ।
यस पुस्तकले गन्धर्व समुदायको व्यक्तिगत विवरण, बसाइको इतिहास, शैक्षिक अवस्था, स्वास्थ्य अवस्था, जमिन तथा भूमिहीनताको स्थिति, पेशा, मूलधारको राजनीति, दलित आन्दोलनमा सहभागिताको अवस्था, स्थानीय तहमा सहभागिता तथा जातीय विभेद र छुवाछूतको अवस्था आदिका बारेमा जानकारी दिने प्रयत्न गरेको छ ।
यसैको जगमा टेकेर गन्धर्वको उत्पत्ति इतिहास, जीवनसंस्कृति, नेपाली समाज निर्माणमा उनीहरूले गरेको योगदान, त्यागका बारेमा बृहत् अन्वेषण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी गन्धर्व समुदायको बदलिँदो
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





