
Overview
Author: Samata Foundation
Published: 2020
ISBN: 978-9937-9185-7-2
Language: Nepali
Edition: First
Pages: 142
फाउण्डेशनले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपालका दलित समुदायमा पारेको प्रभाव, कोरोना भाइरसबारे उनीहरूको बुझाइ, ज्ञान, सरकारी प्रयास र यसले उनीहरूको दैनिक जनजीविकामा पारेको असरका बारेमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा देशभरिका ७५३ स्थानीय तहका १५०० उत्तरदाताहरूलाई समेटिएको थियो । स्थानीय तहका जनप्रतिनिधिहरूका विचार लिनुका साथै विभिन्न सङ्घ÷संस्थाका अगुवा तथा प्रतिनिधिहरूसँग समेत छलफल गरिएको थियो । त्यसक्रममा प्राप्तभएका तथ्यले दलित तथा सीमान्तकृत समुदाय विपद् वा महामारीको सामना गर्न सक्दैनन्, उनीहरूले संसाधन जुटाउन पनि सक्दैनन्, किनकि राज्यका स्रोत–साधनमा उनीहरूको पहुँच कमजोर रहेको हुन्छ भन्ने कुरा प्रष्ट पारेको छ ।
यसरी कोरोना कहरका कारण मानव समाजले अभूतपूर्व दुःख, पीडा भोगिरहेको छ । यसै बीचमा सीमान्तकृत समुदाय र त्यसमा पनि दलित समुदायमा महामारीले उत्पन्न गरेका समस्याहरू तथा यससँग सम्बन्धित अन्य विषयमा गहन खोज–अनुसन्धान गरिएको छ । र, त्यसबाट प्राप्तभएका तथ्यलाई समेटेर ’कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव’ नामक अनुसन्धानमा आधारित पुस्तक प्रकाशन गरिएको हो ।
पुस्तकले संरचनात्मक विभेदबाट पिल्सिएका समूहहरू यसप्रकारका विपत्ति तथा महामारीका दौरान कसरी झन् धेरै उत्पीडनको भूमरीमा पर्ने सम्भावना हुन्छ भन्ने सबालमा जानकारी दिने प्रयास गरेको छ । त्यस्तै, पुस्तकले उत्पीडनका विविध आयामको खोजीनीति गर्न मद्दत पुर्याउने छ । त्यो भन्दा बढी पुस्तकले महामारीका बेलामा । राज्यले बहिष्कृत जनको पक्षमा नीति निर्माण गर्न सघाउने छ । त्यसैगरी महामारीपश्चात । उनीहरूको सबलीकरण र समावेशी विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ समेत । पुस्तकले दिशाबोध गराउने आशा गर्न सकिन्छ ।
समता फाउण्डेशन वि.सं. २०६५ मा स्थापना भएको दलित तथा सीमान्तकृत समुदायसम्बन्धी ज्ञान उत्पादन गर्ने क्षेत्रमा क्रियाशील रहेको संस्था हो । यसले दलित तथा सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न निरन्तर रुपमा अध्ययन– अनुसन्धान, बहस, पैरवीका गर्दैआएको छ । त्यस्तै, विभिन्न खोजमूलक पुस्तकहरू प्रकाशन गरिरहेको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





