
Overview
Author: Meghraj Rasaili
Published: 2019
ISBN: 978-9937-9185-7-2
Language: Nepali
Edition: First
Pages: 323
दलित–दलितबीच विभेदको सवाल नेपाली दलित आन्दोलनमा छिटफुट रूपमा उठ्दै आएको हो, तर त्यति गम्भीर मुद्दाको रूपमा हेरिएन । यसले नागरिक, मानवअधिकार र राजनीतिक आन्दोलनमा मात्रै होइन, बौद्धिक लेखन, बहस र छलफलमा पनि खासै प्रवेश पाएन । समतामूलक लोकतान्त्रिक समाजको निर्माणका निम्ति जातीय विभेद र छुवाछूत जति बाधक छ, त्यतिकै स्तरमा आन्तरिक विभेद पनि घातक छ । चाहे त्यो दलित–दलितबीचको होस् वा गैरदलित–गैरदलितबीचको होस्, आन्तरिक विभेद एकले अर्कोलाई खिसिट्युउरी गर्ने विषय मात्रै होइन, यो त सभ्य र उन्नत मानवीय समाज निर्माण गर्नमा बाधा–अड्चन हो । यस्तो पुरातन जातीय संरचना र विभेदकारी संस्कृतिको मुद्दामा बेवास्ता गर्ने वा एकले अर्कोलाई दोष दिएर उम्कने सुविधा छैन । समाजमा आजसम्म जड बनेर बसेको अमानवीय र अलोकतान्त्रिक संरचना एवम् कुसंस्कार उन्मूलन दलित र गैरदलित अगुवाहरूको साझा सरोकारको विषय हो ।
यही पृष्ठभूमिमा लेखिएको पुस्तक ’आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत’ ले नेपाली समाजमा अभ्यासमा हुँदै आएको जातव्यवस्थाको भित्री र बाहिरी पाटोको ऐतिहासिक चिरफार गरेको छ । यस पुस्तकले दलित–दलितबीच जारी विभेद र छुवाछूत मात्रै केलाएको छैन, अन्य वर्ण, जात र समुदायभित्र चलनचल्तीमा रहेका उंचनीच र छुवाछूतउपर समेत सूक्ष्म विश्लेषण गर्दै महत्त्वपूर्ण सवाल उठाएको छ । यस पुस्तकले आन्तरिक विभेद र छुवाछूतबारे आम मानिसका आँखामा फैलिएको दृष्टि–दोषको शल्यक्रिया गर्ने प्रयास गरेको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





