कर्मचारीको आवश्यकता

समता फाउण्डेशनद्वारा सञ्चालित ‘जस्ट फ्युचर्स इनिसियटिभ (जेएफआई), मधेश प्रदेशको लागि कर्मचारी आवश्यक भएको छ । इच्छुक नेपाली नागरिकलाई २०७९ भाद्र १७ गते कार्यालय समयभित्र इमेलबाट दर्खास्त दिन हुन अनुरोध छ।

१. पद: जस्ट फ्युचर्स फेलोज फिल्ड अफिसर

२. संख्या: १ (महिला)

३. योग्यता तथा दक्षता:

  • कम्तीमा १०+२ उत्तीर्ण गरेको वा त्यसभन्दा माथिल्लो तह अध्ययन गरेको ।
  • फेलोजसँग सम्पर्क, समन्वय, सहकार्य तथा छलफलमा सघाउन सक्ने ।
  • कार्यक्षेत्रका संघसस्था, अधिकारवादी तथा सरोकारवालासँग सहकार्य गर्ने ।
  • डाटा, इमेल, इन्टरनेट, टाइपसम्बन्धी सीप हुनुपर्ने ।
  • मैथिली÷भोजपुरी÷बज्जिका भाषा बोल्न सक्ने ।
  • शिक्षा वा विकास क्षेत्रमा काम गरेको अनुभव भए राम्रो हुने ।

४. थप जानकारी:

  • मधेश प्रदेशका मधेशी दलित महिलालाई प्राथमिकता दिइने छ ।
  • यस संस्थाको आर्थिक प्रशासनिक नियमावलीअनुसार तलब हुने छ ।
  • दर्खास्त र व्यक्तिगत विवरण (सीभी) इमेलबाट पठाउनुपर्ने छ ।
  • लिखित, अन्तर्वार्ता र प्रयोगात्मक रूपमा परीक्षा हुनेछ । फोन र इमेलबाट परीक्षाबारेजानकारी गराइने छ ।
  • अन्तर्वार्ताका लागि आउँदा शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता तथा तालिम वा कामको अनुभव भए त्यसको प्रमाणपत्रको सक्कल पेस गर्नुपर्ने छ ।

इमेल: info@samatafoundation.org

दरखास्त बुझाउने अन्तिम मिति : २०७९ भाद्र १७