दलित युवाका लागि तालिम
[cmsmasters_row data_shortcode_id=”4nxz3nmnif” data_padding_bottom_mobile_v=”0″ data_padding_top_mobile_v=”0″ data_padding_bottom_mobile_h=”0″ data_padding_top_mobile_h=”0″ data_padding_bottom_tablet=”0″ data_padding_top_tablet=”0″ data_padding_bottom_laptop=”0″ data_padding_top_laptop=”0″ data_padding_bottom=”50″ data_padding_top=”0″ data_bg_parallax_ratio=”0.5″ data_bg_size=”cover” data_bg_attachment=”scroll” data_bg_repeat=”no-repeat” data_bg_position=”top center” data_color=”default” data_bot_style=”default” data_top_style=”default” data_padding_right=”3″ data_padding_left=”3″ data_width=”boxed”][cmsmasters_column data_width=”1/1″][cmsmasters_text shortcode_id=”2b0ypo61dm” animation_delay=”0″]
इच्छुक सहभागीका लागि आवेदनको आह्वान

नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि युवाको नेतृत्वदायी भूमिका अपरिहार्य छ ।यसै सन्दर्भमा, दलित अधिकार सुनिश्चितताका लागि युवा पैरवी र प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ।
त्यसैले युवाकोभूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउन समता फाउण्डेशनले दलित युवाको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दैछ। सो तालिममा सहभागी हुन चाहने इच्छुक दलित युवालाई आवेदन दिनका लागि समता फाउण्डेशनआह्वानगर्दछ।
आवश्यक योग्यता:
- आवेदकको उमेर २० देखि ३५ वर्षसम्म हुनु पर्नेछ ।
- न्यूनतम माध्यमिक तह उत्तीर्ण भएको हुनु पर्नेछ ।
- समाजमा रहेका सबैखाले विभेद र असमानता अन्त्यका काम गर्न प्रतिबद्ध हुनु पर्नेछ।
- नयाँ सीप सिक्ने चाहना भएको हुनु पर्नेछ ।
- सामाजिक रुपान्तरणका अभियान नेतृत्व गर्ने क्षमता भएको हुनु पर्नेछ ।
- छनौट भएको खण्डमा प्रशिक्षण पूर्व र प्रशिक्षणपश्चात् हुने अभ्यासहरू पूरा गर्न र प्रतिवेदन पेश गर्न सहमत हुनु पर्नेछ।
- तालिम अवधिभर उपस्थित हुनु पर्नेछ ।तालिम तीन दिनको हुनेछ।
नोट: तालिममा सहभागी हुन इच्छुक दलित युवाले तल उल्लिखित लिंकमा विवरण भरी २०७८ माघ ९ गतेभित्र आवेदन दिनहुन अनुरोध छ । तालिममा प्रत्येक प्रदेशबाट तीन जना युवालाई छनोट गरिनेछ ।
आवेदन फारमको लागि यहाँ क्लिक गर्नुहोस् :

