दलित पत्रकारका लागि तालिम
[cmsmasters_row data_shortcode_id=”1daueb337o” data_padding_bottom_mobile_v=”0″ data_padding_top_mobile_v=”0″ data_padding_bottom_mobile_h=”0″ data_padding_top_mobile_h=”0″ data_padding_bottom_tablet=”0″ data_padding_top_tablet=”0″ data_padding_bottom_laptop=”0″ data_padding_top_laptop=”0″ data_padding_bottom=”50″ data_padding_top=”0″ data_bg_parallax_ratio=”0.5″ data_bg_size=”cover” data_bg_attachment=”scroll” data_bg_repeat=”no-repeat” data_bg_position=”top center” data_color=”default” data_bot_style=”default” data_top_style=”default” data_padding_right=”3″ data_padding_left=”3″ data_width=”boxed”][cmsmasters_column data_width=”1/1″][cmsmasters_text shortcode_id=”w66n3efp4x” animation_delay=”0″]
इच्छुक सहभागीका लागि आवेदन दिन आह्वान

नेपाली समाजमा विद्यमान जात‑व्यवस्था र त्यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि आमसञ्चार र पत्रकारिताको महत्त्वपूर्ण र अपरिहार्य भूमिका छ। त्यसमाथि दलितलगायत ऐतिहासिक रूपले बहिष्कृत तथा सीमान्तकृत समुदायलाई प्रतिनिधित्व गर्ने पत्रकारलाई उनीहरूले बाँचेको जीवन र राज्यले नसुनेका कथा ल्याउने जिम्मेवारी पनि छ।
यसै सन्दर्भमा समता फाउण्डेशनले दलित पत्रकारहरूको भूमिका र जिम्मेवारीलाई थप मजबुत बनाएर शासन संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत् सार्वजनिक सेवाहरूमा दलितको पहुँच वृद्धि गर्ने उद्देश्यले खोज तथा अनुसन्धानमूलक पत्रकारिता तालिम आयोजना गर्दैछ।
क्षमता अभिवृद्धिर सिकाइको व्यावहारिक अभ्यासकोअवसर सिर्जना गरिने तालिममा सहभागी हुन चाहने इच्छुक दलित पत्रकारलाई तालिममा सहभागिताका लागि समता फाउण्डेशन आवेदन आह्वान गर्दछ।साथै, छनौट भएका सहभागीलाई तालिमपछि खोज तथा अनुसन्धानमूलक रिपोर्टिंग गर्नकालागि लेखनवृत्ति समेत उपलब्ध गराइनेछ ।
आवश्यक योग्यता:
- प्रसारण, छापा र अनलाइन पत्रकारिता ‑ सबै विधामा काम गर्ने पत्रकारहरूले आवेदन दिन सक्नेछन्।
- आवेदक पूर्णकालीन पत्रकार र न्यूनतम पाँच वर्षको अनुभव भएको स्वतन्त्र पत्रकार हुन सक्नेछन्।
- दलित तथा सीमान्तकृत समुदायको मुद्दामा रिपोर्टिङ गरेको अनुभव भएको हुनु पर्नेछ।
- दलित र मानव-अधिकारसम्बन्धी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेको हुनु पर्नेछ ।
- आमसञ्चारको संस्थागत अभ्यास र नीतिहरूको ज्ञान हुनुपर्नेछ ।
- तालिम अवधिभर उपस्थित हुनु पर्नेछ ।तालिम तीन दिनको हुनेछ।
नोट: तालिममा सहभागी हुन इच्छुक दलित समुदायका पत्रकारहरूले तल उल्लिखितलिङ्कमा विवरण भरी २०७८ माघ १६गतेभित्र आवेदन दिनहुन अनुरोध गरिन्छ । तालिममा प्रत्येक प्रदेशबाट तीन जना पत्रकारलाई छनोट गरिनेछ ।
आवेदन फारमको लागि यहाँ क्लिक गर्नुहोस्

