नेपाली समाजमा जातीय र लैङ्गिक विभेदले पारेको प्रभावबाट पीडित दलित समुदाय दिनहुँजसो हिंसा भोग्न बाध्य छन् । मधेसी समाजभित्र रहेका मधेसी दलितको अवस्था दुःखदायी छ । मधेसी दलित महिलाको अवस्था त झनै कहालीलाग्दो छ ।
क्षेत्रीय तथा भाषिक उत्पीडनमा पारिएका मधेसी दलित महिलाहरू सामाजिक, आर्थिक र साँस्कृतिक विभेद भोगिरहेका छन् । त्यसैगरी लैङ्गिक, यौन हिंसा, जातीय लगायतका विभेद र असमानतबाट निरन्तर प्रताडित हुँदै आइरहेका छन् ।
समता फाउण्डेशनले प्रदेश नं.२ का आठै वटा जिल्लामा दलित महिला तथा किशोरी लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको यहाँलाई जानकारी गराउन चाहन्छौं । यस कार्यलाई निरन्तरता दिँदै मधेसी दलित महिलालाई अझ सशक्त बनाउन क्षमता अभिवृद्घिका साथै दलित महिला अधिकारका लागि बहस, पैरवी र न्याय निरूपणका निम्ति समता फाउण्डेशनले प्रदेश नं.२ मा “बिल्डिङ एजेन्सी फर सोसल जस्टिस” अभियान सञ्चालन गर्दैछ ।
तसर्थ, प्रदेश नं.२ का १८–३० वर्षका दलित युवा महिला छनौट गरी उनीहरूलाई विषयगत विज्ञहरूबाट सिक्ने–सिकाउने दीर्घकालिन अवसर सिर्जना गरिने भएकाले २०७७ फागुन २० गतेभित्र इच्छुक दलित युवा महिलाले तल उल्लिखित विवरण भरी आवेदन दिन अनुरोध गरिन्छ ।
Google form – आवेदनका लागि आह्वान “बिल्डिङ एजेन्सी फर सोसल जस्टिस”