जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति)को घोषणा

प्रेस विज्ञप्ति

मिति : २०७८ भदौ १५

अपन कथा अपने बुनै छी

जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति)को घोषणा

जात व्यवस्थामा आधारित विभेदबारे ज्ञान बढाउन, आलोचनात्मक प्रश्न गर्न, जातबारे नयाँ ढंगले पुनर्कल्पना गर्न र कोभिड महामारीले दलित महिलामा पारेको प्रभावबारे अध्ययन गर्न समता फाउण्डेशनले २०७८ पुष १ देखि ‘अपन कथा अपने बुनै छी’ सिर्जनात्मक पहल चलाउन लागेको छ । यो सिर्जनात्मक पहल साउन महिनादेखि थालनी गर्ने घोषणा गरिएको भएता पनि कोभिडको महामारी जारी रहेको अवस्थामा समय तालिका सारिएको जानकारी गराउन चाहन्छौं।

यस पहलमा छनौटको अनेक चरण पार गरिसकेपछि आज हामी जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति) प्राप्त गर्न सफल १६ जना आवेदकको नाम सार्वजनिक गर्दैछौं । बहिन–वृत्ति पाउन सफल हुनुभएका आवेदकहरु हुनुहुन्छ : रेणु मल्लिक (धनगढीमाई नगरपालिका–११, सिरहा), सन्जुकुमारी दास (लहान नगरपालिका–३, सिरहा), कविताकुमारी सदा (जनकपुरधाम उपमहानगरपालिका–७, धनुषा), सबनमकुमारी मण्डल (धनौजी गाउँपालिका–२, धनुषा), शिल्पादेवी दास (वीरगञ्ज महानगरपालिका–१६, पर्सा), आसपति कुमारी (पटेर्वा–सुगौली गाउँपालिका–४, पर्सा), ककुन्तीकुमारी रविदास (पिपरा गाउँपालिका–६, महोत्तरी), दुर्गाकुमारी खंग (शम्भुनाथ नगरपालिका–३, सप्तरी), अस्मिता माझी (कोल्हवी नगरपालिका–२, बारा), पुनिताकुमारी महरा (सोनमा गाउँपालिका–८, महोत्तरी), अर्चना दर्जी (सप्तकोशी नगरपालिका–४, सप्तरी), नैना महरा (जलेश्वर नगरपालिका–१२, महोत्तरी), विनिताकुमारी सार्की (वाग्मती नगरपालिका–७, सर्लाही), सीमा वैठा (चन्द्रपुर नगरपालिका–७, रौतहट), मधुकुमारी महरा (जगरनाथपुर गाउँपालिका–३, पर्सा), मीराकुमारी पासवान (भंगहा नगरपालिका–८, महोत्तरी) ।

त्यस्तै बहिन–वृत्तिमा वैकल्पिक उम्मेदवारको रुपमा छनौट हुनुभएका ९ जना आवेदकहरु हुनुहुन्छ ः ममताकुमारी वैठा (बलवा नगरपालिका–१, महोत्तरी), सुनिताकुमारी महरा (कल्याणपुर नगरपालिका–१, सिरहा), अमिरका मोची ( नवराजपुर नगरपालिका–१, सिरहा), भावनाकुमारी सार्की (हरिवन नगरपालिका–४, सर्लाही), पोनम कुमारी (गौशाला नगरपालिका–१०, महोत्तरी), निमर्ला देवी (जनकपुरधाम उपमहानगरपालिका–१५, धनुषा), ममता महतो धाँगड (वीरगञ्ज महानगरपालिका–११, पर्सा), कल्पना विश्वकर्मा (सप्तकोशी नगरपालिका–८, सप्तरी), अमृताकुमारी मोची (महोत्तरी गाउँपालिका–१, महोत्तरी) । १६ जना फेलोमध्ये कसैले विभिन्न कारणवश १ महिनाभित्र फेलोसिप छोडेमा वैकल्पिक फेलोले अवसर पाउनुहुनेछ । वैकल्पिक फेलोमध्ये पनि उहाँहरूले भरेको फारम, पठाएको भिडियो र अन्तर्वार्ताको आधारमा फेलो बन्ने प्राथमिकता–क्रम निर्धारण गरिएको छ ।

यस पहलमा छनौट भएका सहभागीहरूलाई ‘जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ) नामक बहिन–वृत्ति दिइनेछ र उनीहरूको समूह बनाउन काम गरिनेछ । प्रदेश नं २ मा बस्ने सिर्जनशील दलित महिलासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यकमध्ये आफूलाई महिलाका रूपमा पहिचान गर्ने दलित १६ जना सहभागीलाई बहिन–वृत्ति अठार महिनासम्म उपलब्ध गराइने छ ।

यस सिर्जनात्मक पहलमा जातको प्रश्नबारे नयाँ कथा रच्ने र भएका कथालाई पनि फरक दृष्टिकोणले पुनर्कल्पना गर्ने उद्देश्यका साथ उहाँहरूका प्रतिभा र क्षमतालाई तिखार्ने वातावरण बनाइने छ । यसको परिणामस्वरूप उहाँहरूले मौखिक इतिहास, संस्मरण, आत्मकथा, कलाकृति, परम्परागत चित्रकला बुन्नु हुनेछ । त्यस्तै, कविता, गीत, संगीत, छोटो फिल्म, सार्वजनिक सूचना, मातृभाषा–राष्ट्रभाषामा पोडकास्ट पनि उत्पादन गर्नुहुनेछ ।

यस पहलमा रुचि भएका प्रदेश नं. २ का दलित, विशेष गरी २० देखि ४० वर्षसम्मका १०४ जना महिलाले आवेदन दिएका थिए ।

 

धन्यवाद।

प्रदिप परियार
कार्यकारी अध्यक्ष
समता फाउण्डेशन