
‘म गैरदलितलाई साथी बनाउदिनँ’
[cmsmasters_row data_width=”boxed” data_padding_left=”3″ data_padding_right=”3″ data_top_style=”default” data_bot_style=”default” data_color=”default” data_bg_position=”top center” data_bg_repeat=”no-repeat” data_bg_attachment=”scroll” data_bg_size=”cover” data_bg_parallax_ratio=”0.5″ data_padding_top=”0″ data_padding_bottom=”50″ data_padding_top_laptop=”0″ data_padding_bottom_laptop=”0″ data_padding_top_tablet=”0″ data_padding_bottom_tablet=”0″ data_padding_top_mobile_h=”0″ data_padding_bottom_mobile_h=”0″ data_padding_top_mobile_v=”0″ data_padding_bottom_mobile_v=”0″ data_shortcode_id=”r7e4fi7kqr”][cmsmasters_column data_width=”1/1″][cmsmasters_text shortcode_id=”tc8jlzcc” animation_delay=”0″]
तपाईहरु सोच्नु हुन्छ होला, २१ औ शताब्दीमा पनि किन यस्तो कुरा लेखेको होला भनेर ? हाम्रो समाज परिवर्तन भइसकेको छ नी ? पक्कै पनि मेरो लेखको शिर्षक हेरेर मलाई गाली गर्नु होला तर गाली गर्नु भन्दा अगाडी मेरो लेख जरुर पढ्नु होला । जीवन मेरो, अधिकार पनि मेरो, मलाई बिना डर, हिंसा र विभेद रहित बाच्ने अधिकार छ तर जुन दिन म दलित हुँ भनेर आभाष भयो । त्यो दिन देखि मैले विभेद भोग्दै आएको छु । सँगै पढ्ने गैरदलित साथीले म दमिनीसँग विधालयको कार्यक्रममा नाच्दिन भन्दा, विधालयमा सरस्वती पुँजाको दिन प्रसाद बाढन् बस्दा मेरो गैरदलित साथीको आमाले हातमा दिएको प्रसाद मेरो आँखा अगाडी फ्याल्दा र विधालयबाट पिकनीक जाँदा मलाई खाना बनाउन नदिदा, छुट्टै राखेर खाना दिदा अनि काँहाबाट मलाई गैरदलित साथी बनाउन मन लाग्छ । म दलित हुँ, त्यसैले मेरो पढाई पनि कमजोर हुनुपर्छ भन्ने मेरो गैरदलित साथीको आमाको सोच थियो । एसलसीमा गैरदलित साथी दोस्रो श्रेणीमा पास हुँदा, म प्रथम श्रेणीमा पास भएको थिए । म प्रथम श्रेणीमा पास भएको कारणले गर्दा मेरो साथीको आमा म सँग १ वर्ष बोल्नु भएन । यो त केही उदाहरण मात्र भए ।
मुख्य घटना त बाँकी नै छ, मेरो एकदम मिल्ने गैरदलित साथीको प्लस टु पढ्दै गर्दा बिहे भयो । मलाई पनि बिहेको निम्तो आएको थियो । मिल्ने साथी बिहेमा नजाउ भने पनि साथी रिसाउने डर, त्यसैले बिहेमा गए । मंसिर महिनाको बिहे अनि जाडोको मौसम थियो । रातीको बिहे त्यसमा पनि बिहे घर भित्र भएको थियो । म दलित भएको कारणले गर्दा मलाई घर भित्र पस्ने अनुमति थिएन् । मैले साथीलाई बाहिर बोलाएर गिफ्ट दिएर म घर जान्छु भन्दा साथीले नजा नत्र म रिसाउछु भने पछि म बिहेमा त्यहि बस्ने निर्णय गरे तर म एक्लै बाहिर थिए, बिहे घर भित्र भइरहेको थियो । म ढोकाबाट बिहे हेरिरहेको थिए । त्यसैक्रममा हावा चलेर पानी प¥र्यो मेरो आदी शरीर पानीले भिजेको थियो । अनी त्यसमा पनि मंसिरको चिसो, त्यस्तो मेरो अवस्था देख्दा पनि कसैले मलाई भित्र बोलाएनन् । राती एक्लै घर जाने आँट पनि थिएन् । त्यो समयमा मलाई आफै देखि धेरै रिस उठेको थियो म किन दलितको घरमा जन्म लिए भनेर म गैरदलित भएर जन्मेको भए म आज घर भित्र बस्न त पाउथे भन्ने सोच पनि आएको थियो । एकछिनमा पानी पर्न रोक्यिो तर झन् चिसो बढ्यो । चिसो बढेकाले गर्दा म बसेको नजिकै बिहेमा आएका पाहुनाहरुले आगो बालेकाले रात काट्न अलि सजिलो भएको थियो र त्यो बिहेको रातले मेरो सोचमा ठूलो परिवर्तन ल्यायो । त्यस घटना पछि मलाई गैरदलित साथीहरु बनाउन पनि डर लाग्न थाल्यो । अनि आफुले आफैसँग वाचा गरे अब देखि गैरदलित साथी बनाउदिन भनेर ।
केही वर्ष अगाडीको कुरा हो, रुम खोज्न जाने क्रममा गैरदलितको घरमा पुग्दा उँहा प्रोफेसर र उँहाको श्रीमती डाक्टर हुनुहुन्थियो । सबै कुरा मिलेर रुम सर्ने क्रममा हामीले परियार हौ भनेर प्रोफेसरलाई भनेका थियौ पछी उँहाको श्रीमतीले थाहा पाउनु भयो कि हामी दलित हो भनेर, त्यस पछि उँहाको श्रीमानले रुम सर्ने दिन विहान मेरो श्रीमतीको आफन्त आउने रे त्यहि भएर हामी तपाईहरुलाई रुम दिदैनौ भनेर म्यासेज आयो, आफन्त आउने भए ठिकै छ भनेर हामी चुपचाप बस्यौ तर कुरा बुझदै जाँदा ३ महिना सम्म त्यो रुम खालि थियो र तिन महिना पछि उँहाको आफन्त हैन अरु नै गैरदलित आएर बस्नु भएको थियो । यहि बाट थाहा हुन्छ, डाक्टर, प्रोफेसर जस्ता शिक्षित मान्छेहरुमा पनि जात व्यवस्थाले कति सम्म असर पारेको छ, हामीहरुले प्रष्ट बुझ्न सक्छौ ।
त्यस्तै केही महिना अगाडीको कुरा हो, दलित महिलाहरुको अवस्था अन्र्तगत एउटा छलफल कार्यक्रममा जाँदा, मैले परिचय दिने क्रममा म सुनिता परियार भनेर भन्दा सँगै बसेको एक जना गैरदलित सरले तिमी परियार (दलित) हो र ? तर दलित जस्तो देखिदैन् भनेर भन्दा मलाई दलित चाँहि के छुट्टै जातीको मान्छे हो र भन्ने सोच पनि आएको थियो ? उँहाको सोच सुनेर मलाई दया पनि लाग्यो । दया किन लाग्यो भने दलित प्रतिको अत्याचार विरुद्धको मानसिकता कति अपमानजनक रहेछ भन्ने कुरा प्रष्ट भएको कारणले मलाई उँहा प्रति दया त अवश्य नै लाग्ने भयो ।
अहिले पनि गैरदलित युवा पुस्ताले दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन् । मेरो नै उमेरको गैरदलित साथीले अहिलेको लोक सेवामा ३ जना मात्र दलित मागेको छ । त्यसैले तिमी फर्म नभर खुल्लामा तिम्रो नाम निक्लिदैन र,े गैरदलित साथिको सोच चाँही, म दलित हो र दलितले दलित कोटाबाट मात्र नाम निकाल्न सक्छन्, खुल्लामा पर्तिशपर्दा गर्न सक्दैनन् भन्ने क्रुर मानसिकता प्रष्ट देख्न सकिन्छ । जातकै आधारमा युगौंदेखि जरो गाडेर बसेको सामाजिक संस्कार र दृष्टिकोणमा अझै पनि गैरदलित युवा पुस्ताहरुमा परिवर्तन आएको छैन् ।
माथीका घटनाहरु काल्पनिक होइनन्, मैले मेरो जीवनमा दलित भएर भोगेको मेरो अनुभवहरु हुन, यि घटनाहरु मुख्य हुन अरु यस्ता घटनाहरु धेरै छन् । म जस्तै अरु दलित साथीहरुले पनि धेरै विभेद र अन्याय भोगेका होलान्, अझ मैले भन्दा धेरै नै जुन घटनाका कारणहरुले गर्दा गैरदलित साथीहरु बनाएका छैन् होलान् । यी घटनाहरुको क्रममा जति पनि मैले मानसिक तनाव, पीडा भोगे त्यसको भागिदारको हुने छ, नेपालको वर्ण व्यवस्था, जात व्यवस्था, मनु स्मिृती, समाजको जातीयगत संरचना कि तपाईहरुले गरेको व्यवहार ? समय र परिवर्तनलाई आत्मसाथ गर्नु पक्कै पनि अपराध होइन होला । आरोपका आवाजहरुलाई शब्द मात्र दिएको हुँ । यो विषय पक्कै पनि सरल र सहज छैन् । हिन्दु समाजको बाहुल्यता भएको नेपालमा दलित भएकै कारणले बाल्यकाल देखि नै अपमान र तिरस्कारले मस्तिष्कमा गहिरो छाप बसेको छ । त्यो छाप गैरदलित साथीहरुको सरी भन्ने शब्दले पक्कै पनि मेटिदैन् । एक दिन शरीरको चोट त ठिक होला तर अपमान र प्रतिष्ठामा लागेको चोट कहिले पनि ठिक हुदैन् । सधै भरी हीनताबोधले डसिरहन्छ, दोस्रो दर्जाको नागरिक भएको महशुस भइरहन्छ तर जुन विभेद मैले भोगे त्यो विभेद पक्कै पनि नँया आउने पुस्ताले भोग्नु नपरोस् ।
नेपालको संधिानमा प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात गरी प्रथा, परम्परा, धर्म, जात, जाति, समुदाय, पेशाका आधारमा छुवाछूत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्न, अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई समतामूलक समाजको निमार्ण गर्ने भनेर संविधानमा राखिएको छ । संविधानमा भनिएता पनि व्यवहार त्यसको ठिक उल्टो छ । सम्मानपूर्व बाच्न पाउने अधिकारको कुरा त छौड्यौ यँहा त मन परेको मान्छेसँग बिहे ग¥यो भने पनि मृत्यु दण्ड दिइन्छ । त्यसकारणले गर्दा नीति, नियम र कानुन संविधानमा मात्र सिमित हैन् व्यवहारमा दलित विधेयक बनाई कार्यान्वयन हुनु पर्छ, र पीडितले न्याय र पीडकले सजाय पाउनु पर्छ अनि मात्र समतामूलक समाजको निर्माण हुन्छ ।
जो दलित आफुमाथि भएको जात व्यवस्थाजन्य छुवाछूत सहितको अत्याचारलाई स्वीकार गर्छ, त्यो अछूत हो तर जुन विन्दुबाट आफूमाथि भएको जात व्यवस्थाजन्य अत्याचारविरुद्ध मानसिक र भौतिक रुपमा विद्रोह वा सङ्घर्ष गर्न सुरु गर्छ, त्यस विन्दुबाट एउटा अछूत दलितमा रुपान्तरण हुन्छ । त्यसकारण दलित परिचय सङ्घर्षशील मानवको विम्ब हो । (आहुती) त्यसैले विभेद र अन्यायको विरुद्ध आफैबाट जबसम्म विद्रोहको भाव जाग्दैन तब सम्म तिमी पीडित नै हुन्छौ । संविधान, कानुन, नीति, ऐन, दलित आन्दोलन, दलित विधेयक र कानुन हुँदा हुदै त अंगिरा पासी, नवराज विक, अजित मिजार आदिले जात कै आधारमा ज्यान गुमाउनु परेको छ, अब पनि हामी चुपचाप बस्यौ भने त्यो गल्ती हाम्रो नै हुने छ । त्यस कारणले परिवर्तन सम्भव छ, हाम्रो हातमा छ, तिम्रो लागि होइन अब आउने नँया पुस्ताका लागि, सच्चा प्रेम गर्ने नँया अजित मिजार र नवराज विकका लागि परिवर्तन ल्याउन जरुरी छ ।
समग्रमा, मैले गैरदलित साथी नबनाउनुको कारण त भने तर तपाईहरुलाई दलित साथी बनाउनु छ भने जात व्यवस्थालाई बिर्सेर, मान्छे हुनुको नाताले बनाउनु भयो भने पक्कै पनि मेरो सोच परिवर्तन हुनेमा गैरदलित साथीको महत्वपूर्ण भूमिका हुनेछ ।
[/cmsmasters_text][/cmsmasters_column][/cmsmasters_row][cmsmasters_row data_shortcode_id=”rqh51rpvn” data_padding_bottom_mobile_v=”0″ data_padding_top_mobile_v=”0″ data_padding_bottom_mobile_h=”0″ data_padding_top_mobile_h=”0″ data_padding_bottom_tablet=”0″ data_padding_top_tablet=”0″ data_padding_bottom_laptop=”0″ data_padding_top_laptop=”0″ data_padding_bottom=”50″ data_padding_top=”0″ data_bg_parallax_ratio=”0.5″ data_bg_size=”cover” data_bg_attachment=”scroll” data_bg_repeat=”no-repeat” data_bg_position=”top center” data_color=”default” data_bot_style=”default” data_top_style=”default” data_padding_right=”3″ data_padding_left=”3″ data_width=”boxed”][cmsmasters_column data_width=”1/1″][cmsmasters_button shortcode_id=”jvzjdqxfsd” button_type=”regular” button_link=”https://www.setopati.com/blog/230884″ button_target=”blank” button_text_align=”center” button_font_weight=”normal” button_font_style=”normal” button_border_style=”solid” animation_delay=”0″]Published on Seto Pati [/cmsmasters_button][/cmsmasters_column][/cmsmasters_row]


