काठमाडौं ः विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ ।
मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।
परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् । बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ – युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो । यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले वाइजिएल अवार्ड पाएका थिए । थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व समेत सम्हालिसकेका छन् ।
वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ ।
पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, “मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो ।”
हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गरेका छन् । समता फाउण्डेसन जातीय विभेद तथा सीमान्तकृत समुदायको क्षेत्रमा विशेज्ञता हासिल गरेको अग्रणी थिङ्कट्याङ्क हो ।
परियार भन्छन्, “यो अवार्डले मलाई समावेशीकरण, समता र सामाजिक न्यायको प्रवद्र्धनका लागि झन् दृढ भई अघि बढ्ने प्रेरणा मिलेको छ ।”
परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए । उनी सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन् । परियारले सन् २०११ मा नेपालको पहिलो युवामैत्री बजेट, राष्ट्रिय युवा नीति (२०१५) र युथ भिजन २०२५ ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।
संयुक्त राष्ट्र संघको युवा, शान्ति र सुरक्षा सम्बन्धी पहिलो सङ्कल्प प्रस्तावको मस्यौदामा पनि परियारको भूमिका छ । उनले खासगरी सामाजिक समावेशीकरणको दृष्टिकोणबाट युवाका आकांक्षा एवं अनुभवहरू प्रस्तुत गरी त्यो मस्यौदालाई आकार दिन सहयोग पु¥याएका थिए ।
सन् २०१८ मा संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय, जेनेभामा जातीय विभेद उन्मूलनसम्बन्धी समितिबारे छायाँ प्रतिवेदन बुझाउने टोलीमा पनि परियार संलग्न थिए ।
परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ । विश्वभरि उनले दुई हजारभन्दा धेरै युवालाई प्रशिक्षण दिएका छन् । युवा, शान्ति र मिडियासम्बन्धी मुद्दाबारे परियारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार प्रस्तुत गर्दै आएका छन् ।
वाइजिएल २०२० अवार्ड
फोरम अफ योङ ग्लोबल लिडर्स स्वतन्त्र गैरनाफामुखी फाउण्डेसन हो । संस्थाले विश्वको विविधतायुक्त, क्रियाशील र प्रतिनिधि नेतृत्वलाई पाँच वर्षे व्यक्तिगत नेतृत्व विकास कार्यक्रममा सहभागी गराउने गर्दछ ।
संस्थासँग सयभन्दा धेरै देशका १,३०० सदस्य र आलुम्नाइ आबद्ध छन् । वाइजिएलहरू सरकार र फच्र्युन ५०० कम्पनीको नेतृत्व गर्छन् । उनीहरू नोबेल पुरस्कार र एकेडेमी अवार्ड पाउनुका साथै संयुक्त राष्ट्र संघको सद्भावना दूतका रूपमा पनि सेवा गर्छन् । प्रत्येक वर्ष हजारौं उम्मेदवार सार्वजनिक रूपमा मनोनित हुन्छन् । वास्तविक प्रतिनिधिमूलक निकाय सिर्जना गर्ने उद्देश्यले उम्मेदवारलाई एउटा छनोट समितिले मुल्याङ्कन गर्दछ जसले प्रत्येक वर्ष १००–१५० जना नयाँ सदस्यलाई छनोट गर्दछ ।
युवा नेतृत्वले दिगो भविष्यको जिम्मेवारी लिन सक्ने विश्व सिर्जना गर्नु फोरमको लक्ष्य हो । विभिन्न क्षेत्र, विचार र पहिचानबीच सम्बन्ध निर्माण गर्न र हाल विद्यमान विभाजनबीच विश्वास हासिल गर्न यसले जिम्मेवार नेताहरूको समुदाय विकास गर्दछ ।
दिगो अर्थतन्त्र र समाज निर्माण गर्न फाउण्डेसनले नेताहरूको अन्तर्दृष्टि र क्षमता अभिवृद्धि गर्न लगानी गर्दछ । विश्वभरि नेतृत्वशक्ति कस्तो बनाउने भन्नेबारे प्रकाश पार्न उनीहरूको कथा पनि संस्थाले सुनाउँछ ।
सम्पादकका लागि
विश्व आर्थिक मञ्चले ११ मार्च (बुधबार) २०२० मा नेपाली समय ३ः४५ बजे वाइजिएल २०२० अवार्ड घोषणा गर्नेछ । त्यसैले यो प्रेस विज्ञप्ति त्यसपछि मात्रै प्रकाशन गरिदिन हुन अनुरोध छ ।
थप जानकारीका लागि
बिकाश राई
प्रोग्राम म्यानेजर
समता फाउण्डेसन
सानेपा, ललितपुर, नेपाल
फोनः ९८०१०५९५०५
बृद्धिका सेन्च्युरी
कम्युनिकेसन एन्ड आउटरिच अफिसर
समता फाउण्डेसन
सानेपा, ललितपुर, नेपाल
फोनः ९८४३०५६२६५