जात–व्यवस्थामा आधारित भेदभाव र छुवाछूत मानव सभ्यताकै क्रुर यथार्थ हो। यस्तो अत्यासलाग्दो दलनमा छन् नेपाली दलित महिला। दलित महिलामध्ये पनि मधेसी दलित महिला वर्ग, लिंग, भाषा, भेष, क्षेत्र तथा नागरिकताजस्ता विभेद विरुद्ध एकसाथ लडिरहेका छन् । कोभिड १९ महाव्याधिका कारण संकट बढेको छ र संघर्ष पनि ।
श्रम, सीप र संघर्ष नै दलितहरूको पहिचान हो । गीत, संगीत, कला, सीप, संस्कृति, पहिचान, मौखिक इतिहास जीवन जिउने औजार हुन् । त्यसैले दलित समुदायले कला र मानविकीको माध्यमबाट के कस्ता कथा भन्दै आएका छन्, खोज्न चाहन्छौं । फलस्वरुप ‘न्यायपूर्ण समाजका लागि नयाँ कथाको सिर्जना: नेपाली दलित महिला र कोभिड–१९ महाव्याधि’ मार्फत् दलित महिलाका नयाँ कथाको खोजीमा छौं । यो बहिन–वृत्ति (फेलोसिप) १८ महिनाका लागि सञ्चालन गर्दै छौं ।
यसका लागि समता फाउण्डेशनले प्रदेश नं. २ मा स्थायी बसोबास गर्ने दलित महिलासँग, यौनिक तथा लैङ्गिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने २० वर्षदेखि ४० वर्षसम्मका १६ जना दलित महिलालाई छनौट गर्न खोजेको छ । त्यसैले कला, संगीत, साहित्य क्षेत्रमा कम्तीमा ३ वर्षदेखि काम गर्दै आएकाे र कक्षा १० उत्तीर्ण इच्छुक दलित महिलाले २०७८ असार ३१ गतेभित्र तल लेखिएको विवरण भरी आवेदन दिन अनुरोध गरिन्छ । दलितका मुद्दामा कम्तीमा तीन वर्ष कला र मानविकी क्षेत्रमा काम गरेकाे व्यक्ति लाइ प्राथमिकता दिइनेछ ।
सूचनाः छनौट भएका आवेदकलाई मात्रै सम्पर्क गरिने छ ।