कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव

Author: Samata Foundation

Published: 2020

ISBN: 978-9937-9185-7-2

Language: Nepali

Edition: First

Pages: 142

Category: Publications

Description

कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव

समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तक, कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव, अनुसन्धानमा आधारित प्रकाशन हो । सर्वेक्षणको क्रममा ७५३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी १५०० उत्तरदातालाई सहभागी गराइएको थियो ।
पुस्तकले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण गर्नु परेको बन्दाबन्दी (लकडाउन) मा नेपालका दलित समुदायमाथि परेको प्रभावलाई उजागर गरेको छ । त्यस्तै, कोरोना भाइरससम्बन्धी उनीहरुको बुझाइ, ज्ञान, सरकारी प्रयास र उनीहरूको दैनिक जनजीविकामा पारेको प्रभावसम्बन्धी तथ्यहरू प्रस्तुत गरेको छ ।
यसका साथै, पुस्तकले संरचनात्मक विभेदबाट पिल्सिएका नागरिकहरू विपत्ति वा महामारीका बेला कसरी झन् धेरै उत्पीडनको भूमरीमा पर्छन् भन्ने विषयमा तथ्यगत विश्लेषण गरेको छ । १४२ पृष्ठको यो पुस्तकको मूल्य रु. २७५ रहेको छ ।