कोभिड–१९ बाट सबै भन्दा उच्च जाखिममा को ?

हाम्रो छिमेकी मुलूक चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारको करिब २०९ वटा मुलूकमा फैलिएको छ । विश्व अहिले त्रसित अवस्थामा छ । अप्रील ८ सम्म आइपुग्दा ७० हजार मानिसले ज्यान गुमाइसकेका छन् । अर्को छिमेकी मुलूक भारतमा हाल सम्म ११४ जनाले यस भाइरसबाट ज्यान गुमाइसकेको छन । ध्ज्इ ले नेपाल कोरना भाइरसको उच्च जोखिम राष्ट्र घोषण गरे लगातै नेपाल सरकारले यसको रोकथाम को लागि विभिन्न उपायहरु अपनाउदै आएको छ ।

नेपालमा हाल सम्म २१२२ जनाको परीक्षण गर्दा ९ जना संक्रमित रहको जस मध्ये १ जना ठीक भइसकेको र ८ जना क्वारेन्टाइनमा रही उपचार गरिरहेको नेपाल सरकारले बताएको छ तर ३ साता देखिको लकडाउनको कारण मानिसहरु घर भित्र बस्न बाध्य छन् । लकडाउनसँगै सबै कलकारखाना , उघोग, स्कूल, कलेज, अफिसहरु बन्द भएको छ । जसकारण विशेष गरी दैनिक ज्याला मजदूरी गर्ने, कोठा भाँडामा बस्नेहरु, खाँडी मुलूकमा काम गर्ने गएका, विदेशमा पढ्न गएकाहरु अहिले धेरै मारमा परेका छन् ।

लकडाउन सुरु हुनु अघि चीनमा कोरोना भाइरस फैलिरहको छ यदि यो भाइरस नेपालमा फैलियो भने परालमा आगो लागेको जस्तै नेपाल सखाप हुन्छ भन्ने हल्ला थियो । कतिले नेपालीहरुको प्रतिरोध शक्ति बलियो छ त्यसकारण यो भाइरस लाग्दैन । कति मानिसहरु पशुपतिनाथले हामी सबै नेपालीको रक्षा गर्ने छन् भनेर बाटोघाटोमा सुनिन्थ्यो र सामाजिक सञ्जालमा पनि धेरै पोष्टहरु देखिन्थ्यो । मानिसहरु बजार, बस, मलहरु, सडकमा आवत जावत गर्दो मास्कको प्रायोग गर्ने थालेका थिए । नेपालमा पहिलो संक्रमित भेटेपछि यो भाइरस फैलिने त्रासले लकडाउन भयो । मानिसहरुमा बहस चल्न थाल्यो लकडाउन अहिले नै उचित छ कि छैन । आज बहस गर्नेहरुले जवाफ पाइसकेका छन् । त्यो अवस्थामा लकडाउन आवश्यक थियो नत्र आज हाम्रो देशको स्थिति पनि इटली, अमेरिका, फ्रान्स, स्पेन भन्दा पनि जटिल अवस्थामा हुने थियो ।

दैनिक ज्याला मजदूरी गर्नेहरु भन्छन् समाचार , बजारको हल्ला सुनेर स्वास्थ्य नै अमूल्य धन हो त्यसैले पहिलो साता लकडाउन हुने कुरा ठीकै लाग्यो , परिवारसँग समय बिताउने मौका मिल्यो सोच्यौ । हामी जस्तो दैनिक काम गरेर गुजारा चलाउनेले बिरामी हुँदा त आराम पाँउदैनन् । त्यसैले पहिलो पटकको लकडाउनले क्रासको साथ खुशि नै दियो । सरकारले लकडाउन गर्ने निश्चित भएपछि घरमा कोठा भाँडामा बस्नेहरु आ–आफ्नो घर जान थाले । सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने भने पनि बसपार्कहरुमा हजारौको संख्यामा घर जानेको भीड थियो । भीड देख्दा लाग्थ्यो आफ्नो घर पुगेपछि सुरक्षित भइन्छ् । घर जान नपाएका भन्छन् कोठामा बस्दा बस्दा गाह«ो भइसक्यो बरु ढिडो र सिस्न खाएपनि गाँउ नै हुन्थ्यो ।

दलितकर्मीहरु भन्छन् जब जब यस्तो संकट आउछ तब दलितहरु नै बढी पीडित हुने बताउछन् । आधुनिकरणसँगै आफूहरुको पेशा संकटमा छ । लकडाउन लम्बिँदै जाँदा दैनिक गुजारामा समस्या हुँदै गएको छ । विश्वको अहिलेको परिस्थिति हेर्दा अब आउने दिन झनै कष्टकर हुँदै जान्छ भनेर चिन्ता व्यक्त गर्छन । लकडाउन खुलेपछि मानिसहरुको चहल पहल बढ्छ र दैनिक कार्यमा फर्केदै गर्दा भाइरसबाट बच्न रोकथामका लागि प्रयोग गर्ने मास्क , स्यानिटाइजरको नियमित प्रयोग गर्ने आफूहरु नसक्ने बताँउछन् । कपडाको मास्क असुरक्षित हुन्छ भन्छन् जसले किटाणु रोक्न सक्दैन तथापि हरेक दिन सर्जिकल मास्क र , स्यानिटाइजर प्रयोग गर्ने नसक्ने बताउछन् । त्यसकारण लकडाउन खुल्दा पनि आफूहरु जाखिमा पर्ने बताँउछन् ।

खाडी मुलूकमा काम गर्ने गएका र विदेशमा पढ्न गएकाको आफ्नै समस्या छ । संसार नै क्रसित अवस्थामा खाडी मुलूकमा काम गर्ने गएकाहरु पनि कोठामा बसिराख्नु परेको बताँउछन् , यसरी कति दिन सम्म कोठामा बस्नुपर्ने हो , घर परिवारको चिन्ता र आफ्नै देशमा भएको भए सुरक्षित भइन्थ्यो भन्ने चिन्ता रहेको बताँउछन अझै समस्या त विदेशमा पढ्न जानेको हुँदै छ । सबै बन्द छ , नेपालमा जस्तो आज छैन पइचो गरेर खाँऊ भन्ने अवस्था हुँदैन । बाहिर काम गर्ने जाँदा भाइरस सर्छ कि भन्ने क्रास छ साथै टाढा भएपछि परिवारलाई अर्को चिन्ता छ, मध्यमवर्गका विद्यार्थीहरु यसरी लकडाउन लम्बिँदै गयो भन्ने काम गर्ने नपाएपछि बैंकको ऋण कसरी तिर्ने भने पनि अन्यौलमा देखिएका छन् ।

सावधानी नअपनाउने हो भने अहिलेको समयमा हामी सबै जना जोखिममा छौ । कुनै रोग लाग्नु भन्दा वा उपचार गराउनु भन्दा रोकथामको लागि सावधानी अपनाउनु राम्रो हुन्छ । हामी सबै अहिले त्यँही अवस्थामा छौ । यस्तो महामारीको समयमा आत्मबल उच्च बनाइ राखौ । लकडाउनलाई कुनै उत्सवको रुपमा नलिउ, सामाजिक दुरी बनाएर , सरकारले भनेको नियम पालन गरेर सहयोग गरौ । केहि दिन क्वारेन्टाइनमा बसौ , स्यानिटाइजर नभए नि डिटोल वा लाइफबोइ साबुनले हात धौँ । यसलाई वेवास्ता गर्दा आफूलाई मात्र नभई परिवार , समुदाय र सिँगो राष्ट्रलाई असर पर्छ । अध्ँयारो पछि उज्यालो अवसय आँउछ भनेर धैर्यताका साथ बसौं ।