दलित युवाका लागि तालिम

 

इच्छुक सहभागीका लागि आवेदनको आह्वान

नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि युवाको नेतृत्वदायी र जिम्मेवारीलाई थप मजबुत बनाउन समता फाउण्डेशनले दलित समुदायको युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दैछ।

नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि युवाको नेतृत्वदायी भूमिका अपरिहार्य छ ।यसै सन्दर्भमा, दलित अधिकार सुनिश्चितताका लागि युवा पैरवी र प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ।

त्यसैले युवाकोभूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउन समता फाउण्डेशनले दलित युवाको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दैछ। सो तालिममा सहभागी हुन चाहने इच्छुक दलित युवालाई आवेदन दिनका लागि समता फाउण्डेशनआह्वानगर्दछ।

आवश्यक योग्यता:

  • आवेदकको उमेर २० देखि ३५ वर्षसम्म हुनु पर्नेछ ।
  • न्यूनतम माध्यमिक तह उत्तीर्ण भएको हुनु पर्नेछ ।
  • समाजमा रहेका सबैखाले विभेद र असमानता अन्त्यका काम गर्न प्रतिबद्ध हुनु पर्नेछ।
  • नयाँ सीप सिक्ने चाहना भएको हुनु पर्नेछ ।
  • सामाजिक रुपान्तरणका अभियान नेतृत्व गर्ने क्षमता भएको हुनु पर्नेछ ।
  • छनौट भएको खण्डमा प्रशिक्षण पूर्व र प्रशिक्षणपश्चात् हुने अभ्यासहरू पूरा गर्न र प्रतिवेदन पेश गर्न सहमत हुनु पर्नेछ।
  • तालिम अवधिभर उपस्थित हुनु पर्नेछ ।तालिम तीन दिनको हुनेछ।

नोट: तालिममा सहभागी हुन इच्छुक दलित युवाले तल उल्लिखित लिंकमा विवरण भरी २०७८ माघ ९ गतेभित्र आवेदन दिनहुन अनुरोध छ । तालिममा प्रत्येक प्रदेशबाट तीन जना युवालाई छनोट गरिनेछ ।

आवेदन फारमको लागि यहाँ क्लिक गर्नुहोस् :  आवेदन फारम