नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ ।
Samata Foundation_11th Anniversary_Press Brief
समता फाउण्डेशनले स्थापनाको ११औं वर्ष पूरा गरेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं। सामाजिक न्यायका लागि वकालत र पैरवी गर्न ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता बुझेर सन् २००९ सेप्टेम्बर ११ मा संस्थाको स्थापना भएको हो। नेपालमा विद्यमान जातीय विभेद र छुवाछूतको अभ्यासले निम्त्याएको सीमान्तिकरण र बहिष्करण विरूद्ध आवाज उठाउन समता फाउण्डेशनले सरकार‚ राजनीतिक दल‚ समुदाय र सञ्चारमाध्यमसँग निरन्तर हातेमालो गर्दै आएको छ।
World Economic Forum awards Youth Leader Pradip Pariyar with Young Global Leaders 2020
KATHMANDU - The World Economic Forum has recognized Nepali youth leader Mr. Pradip Pariyar in its 2020 class of Young Global Leaders (YGL) for his contribution in empowering the youth and promoting social justice.
युवा नेता प्रदिप परियारले जिते विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर्स २०२० अवार्ड
काठमाडौं ः विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ ।
मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।