निबन्ध प्रतियोगिता

विषय : नेपालमा समावेशीकरण र सामाजिक न्याय

समता फाउण्डेशनले “नेपालमा समावेशीकरण र सामाजिक न्याय” बारे निबन्ध प्रतियोगिता गर्दैछ । जातका आधारमा हुने भेदभाव र बहिष्करण विरुद्ध जारी सामाजिक न्यायको संघर्षबारे युवाहरुबीच अध्ययनसँगै विचार–विमर्श बढाउने उद्देश्यले निबन्ध प्रतियोगिताको आयोजना गरिएको हो । यस प्रतियोगितामा नेपाली भाषाका मौलिक र अप्रकाशित रचनाका साथ सहभागी हुन समता फाउण्डेशन सबै सिर्जनशील युवालाई आह्वान गर्दछ ।

यस प्रतियोगितामा १३ वर्षदेखि २५ वर्ष उमेर समूहका युवाहरुले भाग लिन सक्नेछन् । महिला, LGBTIQ+, दलित, मधेसी, आदिवासी जनजाति र सीमान्तकृत समुदायका व्यक्तिसँगै नेपालका सबै समुदायका युवाहरुलाई प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गरिन्छ ।

  • निबन्ध “नेपालमा समावेशीकरण र सामाजिक न्याय” विषयमा हुनुपर्छ।
  • निबन्ध १००० देखि १५०० शब्दमा सीमित हुनुपर्दछ।
  • निबन्धको भाषा नेपाली हुनुपर्छ ।
  • निबन्ध  बुझाउने अन्तिम मिति: १५ असोज २०७८
  • निबन्ध गुगल फारममार्फत पेस गर्नुपर्नेछ र अन्य माध्यमबाट पेस गरिएमा प्रतियोगीतामा समावेश गरिने छैन।
  • १३ जनालाई प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ।

लेख छनौटको मापदण्ड मौलिकता र विश्लेषणात्मकता हुने छ । छनौटको लागि एउटा निर्णायक मण्डल हुनेछ, जसको निर्णय अन्तिम हुनेछ ।

सब्मिशन (गुगल) फारम:  https://tinyurl.com/MyDignityMyRightEssay

सूचनाः छनौट भएका आवेदकलाई मात्रै सम्पर्क गरिने छ ।

थप जानकारीका लागि सम्पर्क गर्नु होला : +977-1-5905716/5905717