दलित गैरसरकारी संस्थाका लागि तालिम

इच्छुक सहभागीका लागि आवेदन दिन आह्वान

नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि दलित नागरिक समाजको भूमिका अपरिहार्य छ।दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजकोभूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूलउद्देश्यका साथसमता फाउण्डेशनलेदलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न गइरहेको छ ।

यसै सिलसिलामा तालिममा सहभागी हुन इच्छुक दलित गैरसरकारी संस्थालाई आवेदन दिनको निम्ति समता फाउण्डेशनआह्वान गर्दछ।

आवश्यक योग्यता:

  • संस्था सम्बन्धित जिल्ला वा प्रदेशमा दर्ता भएको हुनु पर्नेछ ।
  • संस्थाले मानव-अधिकारको क्षेत्रमा काम गरेको र जातीय भेदभाव उन्मूलनका लागि स्थानीय, क्षेत्रीय र संघिय तहको समन्वयमा सरकारी निकायहरूसँग पैरवी गरेको अनुभव हुनु पर्नेछ ।
  • सरकारी निकाय र संयन्त्रका नीति र अभ्यासलाई प्रभाव पार्ने गरी दलित अधिकार पैरवी गर्ने कार्यमा संलग्न भएको हुनु पर्नेछ ।
  • जातीय भेदभावविरूद्ध लड्ने उद्देश्यले कानून, नियम र विनियमहरू कार्यान्वयनको अनुगमन गरिरहेको हुनु पर्नेछ ।
  • क्षेत्रीय स्तरमा अन्य नागरिक समाज र सञ्जालसँग समन्वय गर्न सक्ने क्षमता भएको हुनु पर्नेछ ।
  • छनौट भएको खण्डमा प्रशिक्षण पूर्व र प्रशिक्षणपश्चात् हुने अभ्यासहरू पूरा गर्न र प्रतिवेदन पेश गर्न सहमत हुनु पर्नेछ।
  • तालिम अवधिभर उपस्थित हुनु पर्नेछ ।तालिम तीन दिनको हुनेछ।

नोट: यसतालिममा सहभागी हुन इच्छुक दलित गैरसरकारी संस्थाले तल उल्लिखित लिंकमा आवश्यक विवरण भरी २०७८ माघ ९ गतेभित्र आवेदन दिनहुन अनुरोध छ । तालिममा प्रत्येक प्रदेशबाट तीन गैरसरकारी संस्थालाई छनोट गरिनेछ ।

आवेदन फारमको लागि यहाँ क्लिक गर्नुहोस् : आवेदन फारम